२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

गौरादहमा करेन्ट लागेर तीनजना घाइते


बिर्तामोड, असोज १२ । झापाको गौरदह नगरपालिका वडा नम्बर १ मिलनचोकमा बिजुलीको पोलमा करेन्ट लाग्दा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।

शनिबार दिउँसो १२ः३० बजे स्थानीय ५३ वर्षीय कृष्णप्रसाद सुवेदीको घरको इन्टरनेटको तार बिजुलीको पोलमा टाङ्ने क्रममा अचानक करेन्ट लाग्दा कृष्णप्रसाद, स्थानीय लक्ष्मण आचार्यको छोरा वर्ष १८ को समिर आचार्य र निजकै भाइ वर्ष १६ को सविन आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेमध्ये कृष्णप्रसादको अवस्था गम्भीर रहेको र उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमारले जानकारी दिए । उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

अन्य दुईजना घाइतेको दमक खरखरेस्थित आम्दा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer