२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा विश्व मुटु दिवसमा वाकथन, साइक्लिङ र जुम्बा


बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडमा विश्व मुटु दिवसको अवसरमा वाकथन, साइक्लिङ र जुम्बा प्रस्तुत गरिएको छ ।

‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ बिर्तामोड बिएन्डसी अस्पतालबाट सुरु भएको साइक्लिङ चारपाने अर्जुनधाराधाम सालबारी हुँदै बिर्तामोडमा आएर टुंगिएको थियो ।

बिएन्डसी टिचिङ हस्पिटल, नेपाल हार्ट फाउज्डेसन झापा, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, सुरुंगा, मेचीनगरको सहकार्यमा भएको साइक्लिङको संयोजन प्याक एन्ड पेडेल बिर्तामोडले गरेको थियो ।

त्यस्तै, बिर्तामोडमा विभिन्न जनचेतनामुलक नारा लेखिएका प्ले कार्डसहित प्रभात र्‍याली, गरिएको बिएन्डसी अस्पतालका मुटुरोग विशेषज्ञ डक्टर केशवराज न्यौपानेले जानकारी दिए ।

त्यस्तै, बिएन्डसी अस्पतालका नर्सिङ स्टाफलगायत सहभागी भएको जुम्बा बिर्तामोडको सिटी सेन्टरमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरीको पाथिभरा तालिम शिक्षालयका प्रमुख एसएसपी राजेश उप्रेती, नेपाल हार्ट फाउन्डेसनका अध्यक्ष सन्तोष अग्रवाल, निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष राजेन्द्र अग्रवाल, सुरुंगाको अध्यक्ष लुबराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, आज बिएन्डसीमा मुटु दिवसको अवसरमा निःशुल्क मुटुको ओपिडी रहेको अस्पतालका डक्टर उमेश यादवले जानकारी दिए ।

विश्वभर बर्सेनि दुई करोड पाँच लाख मानिसले मुटुको रोगबाट ज्यान गुमाउने गरेको विश्व मुटु महासंघको तथ्याङ्क छ ।

सन् २०३० सम्ममा नेपाललगायतका विकासोन्मुख देशमा हृदयघात भएर ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा धरै पुग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer