२०८२ असार २३ सोमबार
Jhapa Today
Adv top

दशैँ उत्सव ब्याडमिन्टनको उपाधि थपलिया र खड्काको जोडीलाई


बिर्तामोड, असोज २१ । झापाको बिर्तामोडमा रहेको मेहरमान बहुउद्देश्यीय कभर्ड हलमा भएको बडादशैँ विशेष ब्याडमिन्टन प्रतियोगिताको उपाधि गोपाल थपलिया र सागर खड्काको जोडीले चुमेका छन् ।

हलका अध्यक्ष दिलेन्द्रकुमार कार्कीका अनुसार बडादशैँ उत्सवका रुपमा हलका सदस्य ब्याडमिन्टन खेलाडीहरुबीच भएको आन्तरिक प्रतियोगितामा थपलिया र खड्का विजेता बनेका हुन् ।

त्यस्तै, लक्ष्मी सापकोटा र विशाल खड्काको जोडी दोस्रो भयो । महेन्द्र घिमिरे र निर्मल भट्टराई तथा लक्ष्मी न्यौपाने र लरेन्स विष्टको जोडी तेस्रो भए ।

हलका ८५ जना सदस्यहरुमध्ये ५४ जनाले प्रतियोगितामा सहभागी भएको हलका सचिव तथा प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य मदन खड्काले जानकारी दिए ।

प्रतियोगिताका विजेतालाई हलका संस्थापक लालबहादुर खड्का, झापा जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष कुमार गिरी, सदस्य शैलेन्द्र कुरुङवाङ, अग्रज व्यवसायी तथा समाजसेवी मीनप्रकाश मैनाली, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमली लगायतले पुरुस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताका विजेतालाई मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।

हलका सबै सदस्यलाई सुनमाई झर्ना पानीले टिसर्ट प्रदान गरेको थियो भने ट्रफी र मेडल २ नम्बर नापी कार्यालयका प्रमुख सरोज विकले प्रदान गरका थिए ।

मेहरमान बहुउद्देश्यीय कभर्ड हलमा तीवटा कार्ट रहेका छन् । हलमा खेलाडी उत्पादन गर्ने उद्देश्यले ब्याडमिन्टन प्रशिक्षण पनि हुँदै आएको छ ।

Adv footer