२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कमलमा मोटरसाइकल अनियन्त्रित हुँदा दुईजनाको मृत्यु


बिर्तामोड, असोज २७ । पूर्वपश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिका वडा नम्बर ४ अमलडाँगीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मध्यरातमा पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को. २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी ८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँ बस्ने २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो ।

गम्भीर घाइते दुवैलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा चिकित्सकले जाँच गर्दा दुवैजनाको मृत्यु भइसकेको थियो ।

घटनाबारे उनीहरुको आफन्तलाई जानकारी गराइसकेको र प्रहरी चौकी केर्खाले मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer