२०८१ कार्तिक ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

मलद्वारमा ब्राउन सुगर ल्याउने काभ्रेका मैनाली झापामा पक्राउ


बिर्तामोड, कात्तिक ४ । पूर्वी नाका झापाको काँकरभिट्टाबाट १३ ग्राम ब्राउन सुगरसहित काभ्रेका एक युवक पक्राउ परेका छन् ।

मलद्वारमा लुकाएर ल्याउँदै गर्दा काभ्रेको साविक गाविस भीमखोरी ८ बस्ने २६ वर्षीय होमकुमार मैनाली पक्राउ परेका हुन् ।

हिजो राति ९ः३० बजे मेचीनगर-६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्यांकीबाट उनलाई पक्राउ गरिएको हो ।

तीन पांग्रे विद्युतीय साधन सिटी सफारीमा नेपालतर्फ आइरहेका मैनालीलाई शंका लागेर शरीर तलासी लिँदा मलद्वारमा प्लास्टिकसहित १४ ग्राम ८५० मिलिग्राम र प्लास्टिकबाहेक १३ ग्राम ब्राउनसुगर भेटिएको थियो ।

उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer