२०८१ कार्तिक ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

उत्कृष्ट सहकारी गान रचना गर्नेलाई ५० हजार


बिर्तामोड, कात्तिक ५ । राष्ट्रिय सहकारी महासंघले सहकारी गान रचना गरी पठाउनका लागि यही कात्तिक २४ गतेसम्म समय दिएको छ ।

महासंघले असोज २१ गते सूचना प्रकाशन गर्दै सहकारी गान रचना गरी पठाउनको लागि ३५ दिनको समय दिएको थियो ।

मुलुकमा सहकारी अभियानको योगदान र अपरिहार्यतालाई सम्बोधन गर्नेगरी सहकारी गान तयार गर्नुपर्ने महासंघले जनाएको छ ।

सहकारी गान तयार गर्दा मुलुकको सामाजिक, सांस्कृतिक, लैङ्गिक, आर्थिक रुपान्तरणमा सहकारी अभियानले पुर्याएको योगदान र अर्थतन्त्र एवम समुदायमा सहकारीको महत्व झल्कने हुनुपर्ने महासंघले जनाएको छ ।

सहकारी गान ४५ देखि ६० शब्द तथा बढीमा ८ देखि १० हरफको हुनुपर्ने जनाएको छ । साथै, सहकारी गान नेपाली भाषामा रचना गरिएको हुनुपर्नेछ र सहज ढगंले बोध गर्न सकिने हुनुपर्ने समेत महासंघले जनाएको छ ।

छनोट भएको रचनालाई राष्ट्रिय सहकारी महासंघले पुरस्कारस्वरूप नगद ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer