२०८१ कार्तिक ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

केर्खामा रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको मृत्यु, घटनास्थल तनावग्रस्त


बिर्तामोड, कात्तिक ७ । केर्खामा रात्रिबसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल – ३ का मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ । ती बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले केक लिन गएका थिए ।

बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कदै गर्दा पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रिबसले आज (बुधबार) साँझ कमल– ३ केर्खामा ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीडले ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको बताइएको छ । आक्रोशितहरूले प्रहरी चौकी केर्खामा ढुंगामुढा समेत गरिरहेका छन् ।

अहिले घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको लामबद्ध लाइन लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer