बिर्तामोड, कात्तिक ७ । झापाको कमलमा बसको ठक्करबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ ।
बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसको ठक्करबाट कमल–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनका १० वर्षीया नातिनीको मृत्यु भएको हो ।
उनीहरु इलेक्ट्रिक साइकलमा सवार थिए । दुर्घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
ठक्कर दिने बसमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।