२०८१ कार्तिक ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

यु-१९ राष्ट्रिय क्रिकेटमा गण्डकीको शानदार जित


बिर्तामोड, कात्तिक ११ । स्पिन बलर अपराजित पौडेलको ५ विकेट सहयोगमा गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सोमबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा गण्डकीले मधेश प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्यो ।

मधेशले दिएको ८३ रनको सामान्य लक्ष्य गण्डकीले १८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । गण्डकीको जितमा सोहिल कुँवरले ५१ बलमा ५ चौका र १ छक्काको सहयोगमा नट आउट ३४ रन बनाए ।

ओपनर अर्जुन कुमालले ४५ बलमा २४ तथा करन पंगेनीले १४ बलमा नट आउट ९ रन जोडे । मधेशका लागि जितेश मण्डलको नाममा १ विकेट रह्यो ।

त्यसअघि म्यारिवोन विराटनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ३५.३ ओभरमा ८२ रन बनाउँदै अल आउट भयो ।

मधेशका लागि जितेश मण्डलले ५० बलमा ३२, निरज कुमार यादवले ३९ बलमा १८ तथा मयन यादवले १३ रन जोडेका थिए । गण्डकीका लागि अपराजितले १० ओभरमा १७ रन खर्चिएर ५ विकेट लिन सफल भए । अश्विन थापाले २ तथा किरन भट्टराई र क्याब्रिन श्रेष्ठले समान १ विकेट लिए ।

पहिलो खेलमा जित हात पारेको गण्डकीको २ अंक भएको छ । दोस्रो खेलमा पहिलो हार बेहारेको मधेशको पनि समान अंक रहेको छ ।

कात्तिक २१ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउन्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer