बिर्तामोड, कात्तिक १३ । कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका मेचीनगरका एक व्यक्ति दुबईबाट पक्राउ परेका छन् ।
भोजपुर स्थायी ठेगाना भई मेचीनगर ११ मा डेरा गरी बस्ने कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३८ वर्षीय गजेन्द्र बान्तवा राई तीन वर्षपछि दुबईबाट पक्राउ परेका हुन् ।
उनी दुबईमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले पुष्टि गरे । उनले राईलाई नेपाल ल्याइँदै गरेको जानकारी दिए ।
राईले २०७८ मंसिर ३ गते ४५ वर्षीया शर्मिला तामाङ राईलाई हत्या गरेका थिए । त्यसपछि उनी फरार भएका थिए ।