२०८१ मंसिर ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बालकलाई ठक्कर दिएर भागेका चालक मिया पक्राउ


बिर्तामोड, कात्तिक २० । बालकलाई मोटरसाइकलले ठक्कर दिएर भागेका झापाको कनकाई–५ मुस्लिम टोलका २३ वर्षीय अजत मियालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राति ११ बजे बाह्रदशीको चकचकीबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

हिजो बिहान अन्दाजी ११ बजेको समयमा कनकाई–५ चप्रामारीस्थित भित्री कच्ची सडकखण्डमा मियाले चलाएको मे. ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेका सोही ठाउँ बस्ने विनोद पाठकका ७ वर्षीय छोरा सोहनलाई ठक्कर दिएको थियो ।

घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि मोटरसाइकल चालक मिया भागेका थिए । मोटरसाइकल र मिया इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer