२०८१ मंसिर ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरको आँखा शिविरमा ११० जनाको परीक्षण


बिर्तामोड, कात्तिक २० । बंगाली क्लब भद्रपुरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ११० जनाले परीक्षण गराएका छन् ।

मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सोमबार क्लबद्वारा आयोजित आठौँ श्री काली पूजा समारोह स्थलमा गरिएको शिविरमा ११० जनाले आँखा परीक्षण गराएको पूजा समितिका संयोजक विजय शाहले जानकारी दिए ।

त्यसमध्ये १२ जनालाई मोतियाबिन्दु देखिएको, २२ जनालाई चश्मा र निःशुल्क औषधि वितरण गरिएको उनले बताए ।

आँखा अस्पतालका तर्फबाट निरज दाहाल, दुर्गा राजवंशी, रञ्जीत सुनार, प्रमिला पौडेल, आकृति पौडेल, अनिश बराल, सरस्वती राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, क्लबले यसपटक भारतमा रहेको केदारनाथ मन्दिर आकृतिमा पण्डाल बनाएको थिए । सोमबार साँझ भारतीय कलाकार तथा स्थानीय कलाकारहरूले साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका थिए ।

साँझ भक्तजनहरूको घुइँचो नै लागेको समितिका निर्मल घोषले जानकारी दिए । उनले पूजालाई भव्य रुपमा सफल बनाउने सहयोगी हातहरूलाई धन्यवाद समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer