
बिर्तामोड, असोज ७ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला ३९ सय रुपौयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।




नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, सोमबार सुनको मूल्य २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।




त्यस्तै, यस दिन चाँदीको मूल्य पनि बढेको । सोमबार चाँदीको मूल्य २ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ६८० रुपैयाँमा कारोबार भइरहेको छ ।




आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ९० हजार ७५ रुपैयाँमा र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार २९७ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।



