
बिर्तामोड, असोज ८ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला १३ सय रुपौयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।




नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, मंगलबार यसको मूल्य २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।




त्यस्तै, यस दिन चाँदीको मूल्य पनि बढेको । मंगलबार २ हजार ६८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।




आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ९१ हजार १८५ रुपैयाँमा र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ ।



