२०८२ माघ २३ शुक्रबार
Jhapa Today
Adv top

भद्रपुरमा सुईले घाँटीमा घोपेर ढकालको हत्या


बिर्तामोड, माघ २३ । झापाको भद्रपुरमा सुईले घोपेर एकजनाको हत्या भएको छ ।

बिहीबार साँझ ६ः२० बजे भद्रपुर नगरपालिका–१० धनुषमोड बस्ने ६४ वर्षीय खेमराज ढकाललाई उनको घरमा सिराहा विष्णुपुर गाउँपालिका–१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले सुईले घाँटीमा घोपेर हत्या गरेका हुन् ।


घाइते ढकाललाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा लगि चेकजाच गराउँदा डाक्टरले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी सहायक निरीक्षक हरिबहादुर कटुवालको कमाण्डमा प्रहरी टोली खटिएर सुई प्रहार गर्ने सिंहलाई सुईसहित नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको जनाएको छ ।

Adv footer