बिर्तामोड, माघ २७ । झापाको कमल गाउँपालिका–७, ठुलो बाह्रघरे पशुपति टोलमा सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ।
मामा राज कुमार ताजपुरियाको घरमा विगत डेढ वर्षदेखि बस्दै आएका बाह्रदशी गाउँपालिकाका २५ वर्षीय युस राजवंशीको सिँढीबाट लडेर मृत्यु भएको हो।
आज बेलुका ४ः३० बजे एक तले पक्की घरको सिँढीबाट लडेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि तत्काल निम्स अस्पताल दमक लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई बेलुका ५ः४० बजे मृत घोषणा गरेका थिए।
शवलाई पोस्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नविन राईको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।




