२०८३ जेठ १ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा सकियो राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम


बिर्तामोड, जेठ १ । बिर्तामोड नगरपालिकामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन भएको छ । बैशाख २१ गतेदेखि सुरु भएको यो अभियान ११ दिनसम्म सञ्चालन भएको थियो ।

नगरका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र लगायतका २४ स्थानमा केन्द्र तोकेर कार्यक्रम सञ्चालन गरिएको फोकल पर्सन सङ्गीता अधिकारीले जानकारी दिइन् ।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पाखुराको नाप, उमेरअनुसार लम्बाइ÷उचाइ तथा तौल मापन गरी पोषण अवस्थाको लेखाजोखा भएको छ ।

नगरका स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार कार्यक्रमको दैनिक अनुगमनसमेत भइरहेको छ । उनले पोषण अवस्थाको पहिचान गरी कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याइने बताए ।

स्वास्थ्य शाखाका अजय पौडेलले मध्यम तथा शीघ्र कुपोषण देखिएका बालबालिकालाई आवश्यकताअनुसार निःशुल्क पोषकतत्व वितरण गरिने तथा कडा कुपोषण भएका बालबालिकालाई पोषण पुनस्र्थापना केन्द्र भद्रपुरमा रेफर गरिने जानकारी दिए ।

Adv footer