२०८३ जेठ १ शुक्रबार
Jhapa Today
Adv top

सुनको भाउ एकैदिन ४ हजार घट्यो


 बिर्तामोड, जेठ १ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ । केही दिनयता सुनको मूल्य बढ्न सकेको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँ घटेको हो ।

आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार भने सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Adv footer