
बिर्तामोड, जेठ १ । यशोदा फुड्सद्वारा उत्पादित करेन्ट र लाली चाउचाउ बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । यी दुवै चाउचाउ बजारबाट फितौ लैजान पनि निर्देशन दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा रहेका करेन्ट र लाली चाउचाउको नमुना परीक्षणका क्रममा स्वच्छ नदेखिएको भन्दै बिक्री वितरण नगर्न–नगराउन निर्देशन दिएको हो ।

विभागले बजारमा रहेका करेन्ट र लाली चाउचाउको नमुना परीक्षणका क्रममा स्वच्छ नदेखिएको भन्दै फिर्ता गर्न पनि निर्देशन दिएको हो ।

करेन्ट चाउचाउको ब्याच नम्बर ०४ एमा उत्पादित सय ग्रामको प्याकेटमा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याट एसिड भ्यालु नपाइएको हुँदा फिर्ताको आदेश भएको हो ।

त्यस्तै, यशोदा फुड्सकै ०२ ए ब्याचमा उत्पादित लाली चाउचाउको ५० ग्रामको प्याकेटमा पनि सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको उल्लेख गर्दै बजारमा रहेका सबै चाउचाउ फिर्ता गर्न निर्देशन दिइएको छ ।






