Category: 'अर्थ/वाणिज्य'

झापा बजारमा भेटिएको म्याद गुज्रिएका सामान गाउँपालिकाद्वारा नष्ट
बिर्तामोड, मंसिर २९ । पुरानो सदरमुकाम झापा बजारमा बिक्रीका लागि राखिएको म्याद गुज्रेका उपभोग्य सामानहरु झापा गाउँपालिकाले जफत गरी नष्ट गरेको छ । बजार अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएपछि गाउँपालिकाले जफत गरी नष्ट […]
प्याजको अभावसँगै झापाका बजारमा आफूखुसी मूल्य
बिर्तामोड, मंसिर २९ । भारतले गत सातादेखि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको अभाव भइरहेका बेला झापाका व्यापारीले आफूखुसी मूल्य तोक्न थालेका छन् । प्याज निर्यातमा प्रतिबन्धपछि आयात ठप्प भएको छ । यसले गर्दा बजारमा प्याजको भाउ […]
हाम्रो नेपाल साकोसको शेयर पुँजी १८ करोड ८७ लाख
बिर्तामोड, मंसिर २७ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभाअन्तर्गत अन्तिम माइन्युट प्रमाणीकरण भेला सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले अध्यक्षको प्रतिवेदन प्रस्तुत […]
कृषि अनुदानका लागि झापालाई सवा ८ करोड, पहुँचवालाको हालीमुहाली रोक्ने तयारी
बिर्तामोड, मंसिर २७ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि झापामा कृषिमा आधारित अनुदान शीर्षकमा आठ करोड ३० रुपैयाँ विनियोजन गरेको छ । झापामा विनियोजन गरिएको रकममध्ये दुग्ध उत्पादनका आधारमा ५ करोड ५१ लाख, […]
झापामा घरेलु तथा साना उद्योग दर्ता घट्दै, नवीकरण पनि न्यून
बिर्तामोड, मंसिर २७ । झापामा साना तथा घरेलु उद्योगको दर्ता र नवीकरण पछिल्लो समय घट्दै गएको पाइएको छ । विगत चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता कम देखिएको हो । कोशी प्रदेश […]
ज्यामिरगढीको मेची बगरमा युवाले फलाए ८६ लाखको आलु
बिर्तामोड, मंसिर २६ । दशगजासँग जोडिएको झापाको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाख रुपैयाँको आलु फलाएका छन् । मेचीनगर-१५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष १०८ बिघा जग्गा भाडामा […]
बचतकर्ताको रकम फिर्ता नगरी दमकको नवरङ्ग साकोसका सञ्चालक सम्पर्कविहीन
दमक, मंसिर २५ । झापाको दमक-६ मा रहेको नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौँ रुपैयाँ फिर्ता नगरी बन्द भएपछि बचतकर्ता मारमा परेका छन् । दसँैअघि नै बन्द गरेर संस्थाका सञ्चालकहरु सम्पर्कविहीन छन् । […]
मौद्रिक नीति समिक्षाको प्रभाव शेयर बजारमा : ९ मिनेटको कारोबारमा १११ अंकले बढ्यो नेप्से सुचक
बिर्तामोड,मंसिर २४ । चालू आर्थिक वर्षको मौद्रिक नीति समिक्षाको प्रभाव शेयर बजारमा देखिएको छ । जसको प्रभाव स्वरुप मौद्रिक नीति समिक्षा पछि खुलेको पहिलो कारोबारमा नेप्सेमा लगातार सर्किट लाग्दै बजार बन्द भएको छ । आइतबारको […]
गुणस्तरीय कृषि सहकारीको नाफा साढे सात लाख
बिर्तामोड, मंसिर २३ । झापाको बिर्तामोडमा रहेको गुणस्तरीय कृषि सहकारी संस्थाले साढे सात लाख नाफा गरेको छ । संस्थाको आज अर्जुनधारास्थित सालबारीमा सम्पन्न आठौँ वार्षिक साधारणसभामा अध्यक्ष कर्णबहादुर पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी […]