Category: 'समाचार'
बिर्तामोडका डिएसपी सम्मानमा व्यस्त, दिनो राजवंशीको फाइल ‘अस्तव्यस्त’
बिर्तामोड, बैशाख २३ । झापाको बिर्तामोड-२ चैतुबारीकी ४२ वर्षीया दिनो राजवंशीको बलात्कारपछि हत्या भएको चार वर्ष बित्यो । २०७७ पुस ५ गते बिहान उनको शव भेटिएको थियो । योबीचमा इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा चारजना […]
भद्रपुरको भेटेरनरी अस्पतालमा डक्टर राईद्वारा कर्मचारीमाथि हथौडा प्रहार
बिर्तामोड, बैशाख २३ । झापाको भद्रपुरस्थित भेटेरनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका एकजना चिकित्सकले अर्का कर्मचारीलाई कुटपिट गरेका छन् । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अस्पतालका डक्टर सुजन राईले सोमबार बेलुका सहायक […]
दमक नगरपालिकामा सरस्वती माविद्वारा अनिश्चितकालीन तालाबन्दी
दमक, बैशाख २३ । झापाको दमक नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । तालाबन्दी दमक–९ को सरस्वती माविले गरेको हो । आफ्नो विद्यालयको नाममा दमक-८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन हुँदा पनि नगरपालिकाले नहटाएको […]
झापामा सडक दुर्घटनाः नौ महिनामा ७० जनाको मृत्यु
बिर्तामोड, बैशाख २३ । झापामा नौ महिनामा सडक दुर्घटनामा ७० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म भएका ९६६ सवारी साधन दुर्घटनाबाट ७० जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ५३ […]
जिल्ला प्रहरीभित्र जवानलाई डस्यो सर्पले
बिर्तामोड, बैशाख २३ । सुकाएको लुगा राति उठाउने क्रममा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एकजना प्रहरी जवानलाई सर्पले डसेको छ । सर्पको डसाइबाट प्रहरी जवान मीनराज मगर घाइते भएका छन् । सर्पले बायाँ घुँडामुनि डसेर […]
झापामा एकाबिहानै मेघगर्जनसहित वर्षा
बिर्तामोड, बैशाख २३ । झापाको बिर्तामोड आसपासमा आज एकाबिहानै वर्षा सुरु भएको छ । वर्षा हल्का भए पनि कालो बाक्लो बादलसँगै हावा पाँच किलोमिटर प्रतिघण्टाको गतिमा रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको साथै […]
पाडाजुँगीमा टिप्पर, कार र मोटरसाइकल जुध्दा चारजना घाइते
बिर्तामोड, बैशाख २२ । झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा तीनवटा सवारी साधन जुध्दा चारजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलमा रहेका एकजना र कारमा रहेका दुईजना यात्रुहरु सामान्य घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् […]
गुरुकुलमा विद्यार्थीको शंकास्पद मृत्युः परिवारद्वारा छानबिनको माग, प्रहरीले लिएन जाहेरी
बिर्तामोड, बैशाख २२ । झापाको शिवसताक्षी-१० माईधारमा रहेको अनन्त आदर्श संस्कृत वेद विद्यालयमा पढ्ने एकजना विद्यार्थी मृत भेटिएको विषयमा परिवारले छानबिनको माग गरेको छ । कक्षा ५ मा पढ्ने कनकाई-७ का १२ वर्षीय उत्सव गौतम […]
दमकमा टिप्पर दुर्घटनामा पैदलयात्री र चालक घाइते
दमक, बैशाख २२ । झापाको दमकमा टिप्परले ठक्कर दिँदा एकजना महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा गौरादह-४ की ४८ वर्षीया सीता बर्देवा रहेकी छन् । पैदलयात्री उनको टाउको र बायाँ खुट्टामा गम्भीर चोट […]

