Category: 'समाचार'
बंगलादेश आन्दोलनले नाकामै रोकिए गाडी
मेचीनगर, साउन २१ । बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकरभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू […]
वैदेशिक रोजगारीमा एक वर्षमा साढे सात हजार ठगिए
बिर्तामोड, साउन २१ । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् […]
सुनको तोलाकै डेढ लाख रुपैयाँ
बिर्तामोड, साउन २१ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख […]
साउन २२ र २३ गते अत्यधिक वर्षाको सम्भावना
बिर्तामोड, साउन २१ । जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष मौसम बुलेटिन जारी गरी साउन २२ र २३ गते देशभरि मनसुन सक्रिय हुन लागेको जानकारी दिएको छ । अहिले पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा […]
इलाममा किबी फलाउँदै झापाका युवा
बिर्तामोड, साउन २१ । झापाका सातजना युवाको समूह कृषि क्षेत्रमा भविष्य देखेर किबी र लोठसल्ला (टेक्सस मेरिई)को खेतीमा लागेका छन् । सप्तरंगी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा […]
झापा कारागारको फोहोरले स्थानीय पीडित
बिर्तामोड, साउन १९ । झापा जिल्ला कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदूषणका कारण आसपासका बासिन्दाले दुई दशकयता प्रताडित भइरहेको गुनासो गरेका छन् । कैदी बन्दीबाट उत्पादन हुने फोहोजन्य पानी तथा दिसापिसाब व्यवस्थापन नहुँदा पूर्वपट्टि रहेका […]
दमक र मेचीनगरबाट ब्राउन सुगरसहित तीनजना पक्राउ
बिर्तामोड, साउन १९ । झापाको दमक मेचीनगरमा प्रहरीले लागुऔषध बेच्ने र नेपाल ल्याृने तीनजनालाई पक्राउ गरेको छ । हिजो साँझ झापा प्रहरीले दमक ३ बेलडाँगी बस्ने २३ वर्षीया प्रमिला गुरुङलाई लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा प्रहरी […]
भन्सार छलेको तीन लाखको साडी बरामद
बिर्तामोड, साउन १८ । प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको ४८६ थान भारतीय साडी बरामद गरेर भन्सारमा बुझाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले मेचीनगर ६ भन्सारगेट हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याइँदै गरेको […]
सुध्रिँदै कक्षा १२ को नतिजा
बिर्तामोड, साउन १८ । कक्षा १२ को आज सार्वजनिक नतिजाअनुसार नौ हजार ५९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनीहरूले ३.६१ देखि ४.० जिपिए अर्थात ‘ए प्लस ग्रेड’ […]



