Category: 'समाचार'
शिवसताक्षीमा छिमेकी साकोसको बृहत स्वास्थ्य शिविर
झिलझिले, माघ १७ । झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरकै ठुलो छिमेकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र स्थानीय सेभेन सिज इङलिस बोर्डिङ स्कुलको सहआयोजनामा सो शिविर सम्पन्न भएको […]
चारआलीमा सामुहिक ल्होसार मनाइने
मेचीनगर, माघ १६ । झापाको मेचीनगरस्थित चारआलीमा बौद्ध धर्मको नयाँ वर्ष ल्होसार संयुक्त रुपमा मनाइने भएको छ । बौद्ध धर्म मान्ने शेर्पा, गुरुङ, तामाङ, मगर लगायत समुदायको सामुहिक सहभागितामा एकैठाउँ ल्होसार मनाइने तयारी गरिएको आज […]
मिटरब्याज साहुका कारण शिवसताक्षीका स्थानीयको बिचल्ली
बिर्तामोड, माघ १५ । मजदुरी गरेर परिवार पाल्दै आएका झापा शिवसताक्षी–११ का चन्द्र नेम्वाङ स्थानीय दिपक तामाङबाट ठगिएका छन् । घर बनाउन पैसा चाहिने भएपछि उनले २०७१ मा शिवसताक्षी नगरपालिकाका कर्मचारीसमेत रहेका तामाङसँग ६ लाख […]
झाले सुरु गरे ‘मिसन बिर्तामोड’ अभियान
बिर्तामोड, माघ १५ । समाजसेवासँगै व्यापारमा उदाउँदै गरेका बिर्तामोडका युवा माधवकुमार झाले ‘मिसन बिर्तामोड’ परिवर्तनका लागि युवा अभियान सुरु गरेका छन् । आज एक कार्यक्रमका बीच बिर्तामोडको मुक्तिचोकमा अभियानको घोषणा गरिएको हो । मिसन बिर्तामोडले […]
कमलका मुलुकसिंहसँगको लेनदेनमा तीन परिवारको बिल्लीबाठ
दमक, माघ १५ । झापाको कमल–३ का मुलुकसिंह राईसँगको लेनदेनका कारण तीन परिवारको बिल्लीबाठ नै भएको छ । मुलुकसिंह, उनका भाइ लीला र मुलुकसिंहकी श्रीमती शोभाविरुद्ध मिटरब्याजविरुद्ध उजुरी दर्ता भए पनि जिल्ला प्रशासन कार्यालय झापाले […]
झापामा मिटरब्याजविरुद्ध ११९ वटा उजुरी
बिर्तामोड, माघ १५ । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन तथा मिटरब्याजविरुद्ध ११९ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ११६ वटा, दुईवटा उजुरी जाँचबुझ आयोगबाट झापामा आएको र एउटा अन्य जिल्लाबाट आएको […]
मेनुकालाई डक्टरले दिए एआइ जडित चश्मा, अब मान्छे चिन्न र हिँड्न सक्ने
बिर्तामोड, माघ १४ । गायिका मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआइ) जडित स्मार्ट भिजन चश्मा प्रदान गरेका छन् । इन्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डक्टर नितिन र रोहनले एआइ जडित उक्त विशेष चश्मा […]
बिर्तामोड-८ का अपाङ्ग र विपन्न ज्येष्ठ नागरिकलाई न्यानो लुगा
बिर्तामोड, माघ १४ । बिर्तामोड नगरपालिका वडा नम्बर ८ कार्यालयले अपाङ्गता भएका र विपन्न ज्येष्ठ नागरिकहरूलाई यस वर्ष पनि जाडोको लुगा वितरण गरेको छ । बर्सेनि न्यानो लुगा बाँड्दै आएको ८ नम्बर वडा कार्यालयले आइतबार […]
बिर्तामोडबाट लुटियो एक वृद्धाको सुनको गहना
बिर्तामोड, माघ १४ । झापाको बिर्तामोड-५ स्थित हनुमान सेन्ट्रल अगाडिबाट एक वृद्धालाई झुक्याएर एक समूहले डेढ तोलाको सुनको ब्रास्लेट र औँठी लुटेका छन् । आज दिउँसो १ः३० बसेको समयमा ७१ वर्षीया विष्णुमाया सुवेदीले लगाएको सुनको […]

