Category: 'समाचार'
महिला राष्ट्रिय टिमको कप्तानमा गोलकिपर एन्जिला
बिर्तामोड, भदौ २० । महिला राष्ट्रिय टोलीको नयाँ कप्तानमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नियुक्त भएकी छन् । उनी टिमको नवौँ कप्तान हुन् । इलामकी २६ वर्षीय एन्जिलाले ४ वर्षअघि सन् २०१९ मा भारतमा भएको हिरो […]
नवौँ राष्ट्रिय खेलकुदः प्रदेश छनोटका आठ खेल झापामा हुने
बिर्तामोड, भदौ १९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय छनोटका आठवटा खेल झापामा हुने भएका छन् । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तका अनुसार १ नम्बर प्रदेशमा हुने ३३ वटा खेलमध्ये आठवटा […]
पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘पेट सिटी स्क्यान’ सेवा सुरु
बिर्तामोड, भदौ १७ । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्ने अवस्थामा कमि आउने जनाइएको […]
पत्रकार झापाली र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत
बिर्तामोड, भदौ १५ । कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्वर्गीय प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् । नेपाल निजामती कर्मचारी […]
बिर्ता आयुर्वेदको वार्षिकोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग, उपचारमा छुटको व्यवस्था
बिर्तामोड, भदौ १४ । बिर्ता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टरले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा सामाजिक संस्थाहरुलाई सहयोग गरेको छ । त्यस्तै, सेन्टरले पत्रकारलगायत बालबालिका र ज्येष्ठ नागरिकलाई उपचार र परीक्षणको छुटको घोषणा गरेको छ । आज […]
नवौँ राष्ट्रिय खेलकुदः झापाबाट छानिए ४४९ खेलाडी
बिर्तामोड, भदौ १३ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट खेल्न झापाबाट ४४९ जना खेलाडी छानिएका छन् । आज सम्पन्न जिल्लास्तरीय छनोट प्रतियोगिताबाट २७ खेलका महिला र पुरुष गरी ४४९ छानिएका हुन् । झापाबाट […]
नेपाली क्रिकेटको घट्यो वरियता, टि२० विश्वकप सिधै खेल्न पाउने सम्भावना कठिन
बिर्तामोड, भदौ १३ । टि–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा नेपालको स्थान घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी नयाँ वरियताअनुसार नेपालको टि–२० वरियता एक स्थान घटेको हो । नेपाल १५औँ स्थानमा झरेको छ । […]
नेप्लिज टिन्सको वार्षिकोत्सवमा स्ट्यान्डअप कमेडी, माझीलाई ५० हजार प्रदान
बिर्तामोड, भदौ ११ । नेपाली किशोर र युवा उमेर समूहको ठुलो सञ्जाल भएको सामाजिक संस्था नेप्लिज टिन्सले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय दिपिका लिम्बूको स्मृतिमा बिर्तामोडमा स्ट्यान्डअप कमेडी सो गरेको छ । आफ्नो टिमकी […]
नवौँ राष्ट्रिय खेलकुद : झापामा फुटबल, बास्केटबल, ब्याडमिन्टन, पौडी, सेपाक्ताक्रो र तेक्वान्दोका खेलाडी छानिए
बिर्तामोड, भदौ ९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट बिहीबार विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् । आयोजक झापा जिल्ला खेलकुद विकास […]

