Category: 'समाज'
मेचीनगर नगरपालिका सञ्चारमैत्री नभएको प्रेस क्लबको भनाइ
मेचीनगर, असार १३ । मेचीनगर नगरपालिका सञ्चारमैत्री नभएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापनबापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएपछि उनीहरु आन्दोलित भएका हुन् । पत्रकारको छाता संस्था प्रेस […]
श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिको आयोजनामा रक्तदान
मेचीनगर, असार ९ । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल इकाई समिति धुलाबारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज प्रणामी मन्दिर धुलाबारीको परिसरमा भएको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको अध्यक्ष सरु […]
नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरो प्रभावितको घाइते र शवको उद्धार
बिर्तामोड, असार ६ । झापाको चारआलीस्थित अरिदमन गणले ताप्लेजुङको पहिरोमा परेर निधन भएका तथा घाइतेको उद्धार गरेको छ । गणले सिदिङवा ६ मुकुभञ्ज्याङस्थित पहिरोमा परेर निधन भएका केशरकुमार राई र घाइते सुरेश राईलाई गम्भीर अवस्थामा […]
इस्ट होराइजन स्काउट दलले बस बिसौनीमा राख्यो टायर सिट
मेचीनगर, असार ६ । इस्ट होराइजन स्काउट दलले ७२ औँ स्काउट स्थापना दिवसमा धुलाबारी बस बिसौनीमा टायर सिट राखेको छ । धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविअन्तर्गतको स्काउट दलले खेर गएका सामानहरु पुनः प्रयोग गरी निर्माण […]
धुलाबारीको टाउनहल अध्यक्षमा तिम्सिना विजयी
मेचीनगर, असार ५ । धुलाबारीको पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान ‘टाउनहल’ को अध्यक्षमा व्यवसायी ऋषिराज तिम्सिना विजयी भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी शंकर बस्नेतलाई हराउँदै आगामी कार्यकालका लागि तिम्सिना विजयी भएका हुन् । तिम्सिना […]
भोज खाएर अस्पताल भर्ना भएका मागुरमाडीका स्थानीय घर फर्किए
मेचीनगर, असार १ । न्वारानमा भोज खाएर बिरामी भएपछि अस्पताल भर्ना भएका झापा मागुरमाडीका स्थानीयहरु उपचारपछि घर फर्किएका छन् । अस्पतालमा सामान्य उपचार गरेर उनीहरु ३६ घण्टापछि हिजो साँझ घर फर्किएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार […]
प्रदेश प्रमुखले गरे ‘कोशी’ लेख्न बनेको संशोधन विधेयक प्रमाणीकरण
बिर्तामोड, जेठ ३२ । प्रदेशको नाम कोशी खारेजको माग लिएर आन्दोलन भइरहेको विषय देखाउँदै केही समय रोकिएको प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख […]
आज पूर्वी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
बिर्तामोड, जेठ ३२ । पूर्वी तथा मध्य भू–भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, […]
न्वारानमा भोज खाएका मागुरमाडीका २७ जना अस्पताल भर्ना
मेचीनगर, जेठ ३१ । दुई दिनअघि न्वारानको भोज खाएका मेचीनगरका स्थानीयहरु बिरामी भएपछि अस्पतालमा उपचार भइरहेको छ । मेचीनगर-९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना […]




