Category: 'समाज'
गोवा आगलागीः आइपुग्यो दुई झापालीको शव
बिर्तामोड, मंसिर २५ । भारतको गोवा आगलागीमा मृत्यु भएका दुईजना झापाली युवाको शव घर ल्याइएको प्रहरीले जनाएको छ । गोवामा चार दिनअघि भएको आगलागीमा उनीहरुको मृत्यु भएको थियो । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा […]
बिर्तामोडमा मानवअधिकारको विषयमा प्रभातफेरी र अन्तरक्रिया
बिर्तामोड, मंसिर २४ । झापाको बिर्तामोडमा ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार जीवनको अपरिहार्य आधार भन्ने मुल नाराका साथ मानवअधिकार सञ्जाल झापाको आयोजनामा कार्यक्रम भएको हो […]
कनकाईमा बिहेमा नाच्ने क्रममा कुटाकुट हुँदा पाँच घाइते
बिर्तामोड, मंसिर २४ । झापाको कनकाई नगरपालिकामा भएको एक विवाह कार्यक्रममा नाच्ने विषयमा विवाद हुँदा कुटाकुट परेको छ । कनकाई २ सुकेडाँगीमा बिहेघरमा नाच्ने विषयमा विवाद हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेहरुमा वडा […]
धुलाबारीमा इस्ट होराइजनको अगुवाईमा कुलतविरुद्ध सचेतना र्याली
बिर्तामोड, मंसिर २३ । झापाको धुलाबारीमा इस्ट होराइजन अंग्रेजी स्कुलको अगुवाईमा बालबालिका तथा किशोरकिशोरीमा लागुऔषध, सूर्तीजन्य पदार्थ र मदिरा प्रयोगविरुद्ध अभियान सुरु गरिको छ । आज होराइजनका विद्यार्थी, पूर्वविद्यार्थी समाज, मेची उद्योग वाणिज्य संघ, रोटरी […]
घिमिरेलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
बिर्तामोड, मंसिर २३ । झापा दमकका युवा पत्रकार चिरञ्जीवी घिमिरेलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार २०८२ प्रदान गरिएको छ । अमेरिकाको टेक्सासस्थित हेम–सरिता फाउन्डेसनको सहकार्यमा नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पुरस्कारबाट घिमिरे पुरस्कृत भएका हुन् […]
निर्माण व्यवसायी संघ झापाद्वारा न्यानो कपडा वितरण
बिर्तामोड, मंसिर २३ । निर्माण व्यवसायी संघ झापाले १८ औँ निर्माण दिवसको अवसरमा सोमबार झापाका दुई स्थानमा अपाङ्गता भएका बालबाालिकालाई न्यानो कपडा विरण गरेको छ । संघले झापाको अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र […]
झापामा जडान भएका ४२ प्रतिशत बायोग्यास बन्द
बिर्तामोड, मंसिर २२ । झापामा जडान गरिएकामध्ये लगभल आधा बायोग्यास प्लान्टहरू विस्थापित भएको पाइएको छ । नवीकरणीय ऊर्जाका रुपमा स्थापित बायोग्यास प्लान्टहरू अहिले प्रयोगविहीन छन् । झापामा जडान गरिएकामध्ये ५८ प्रतिशत बायोग्यास प्लान्टहरू मात्र सञ्चालनमा […]
देशमा पश्चिमी वायुको आंशिक प्रभाव
बिर्तामोड, मंसिर २२ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया […]
सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो
बिर्तामोड, मंसिर २१ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ सय रुपैयाँले घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको […]


