२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको देवी माविलाई एक्सिलेन्स एजुकेसन अवार्ड


बिर्तामोड, असार ३१ । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौँमा आयोजना गरेको एक विशेष कार्यक्रमका बीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था देवी मावि उक्त अवार्डबाट सम्मानित भएको हो ।

देवी माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

देवी माविले एनइबी प्रतिवेदन, नतिजा विश्लेषण, शिक्षाविदको सुझाव, पढाइको वातावरण, विद्यालयको भौतिक अवस्था, विद्यार्थी भर्नादर लगायतका आधारमा सम्मान पाएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

कोशी प्रदेशबाट देवी माविसँगै पोखरिया मावि मोरङ, पब्लिक मावि धरान, वरूणेश्वर मावि ओखलढुंगा पनि सम्मानित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरे तथा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतले प्रधानाध्यापक श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer