Category: 'समाचार'
अन्तर क्याम्पस गोल्डकपको उपाधि दमकलाई
बिर्तामोड, पुस १४ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको आयोजनामा भएको अन्तर क्याम्पस गोल्डकपको उपाधि दमक बहुमुखी क्याम्पसले जितेको छ । शनिबार इलामको ठुलो टुँडीखेलमा सम्पन्न फाइनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई १-० […]
प्रेस सेन्टर झापाको अध्यक्ष पुष्प खड्का
बिर्तामोड, पुस १४ । प्रेस सेन्टर नेपालको १० औँ जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ […]
ब्राउन सुगरसहित मेचीनगरका राजवंशी पक्राउ
बिर्तामोड, पुस १४ । प्रहरीले लागुऔषध कारोबार गरेको आशंकामा झापाको मेचीनगरबाट एकजना युवालाई पक्राउ गरेको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर-९ का २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई पक्राउ गरेको हो । […]
झापा ११ ले १० औँ अल इन्डिया चिफ मिनिस्टर गोल्डकप खेल्ने
बिर्तामोड, पुस १३ । मोफसलको चर्चित फुटबल क्लब झापा–११ एफसीले सिक्किमको नाम्चीमा हुन गइरहेको १० औँ अल इन्डिया चिफ मिनिस्टर गोल्डकप फुटबल प्रतियोगिता खेल्ने भएको छ । आयोजक नाम्ची जिल्ला फुटबल संघ नाम्ची सिक्किमको आयोजनामा […]
हलमै गएर फिल्म हेर्न ‘देव वाणी’ का निर्माताको आग्रह
बिर्तामोड, पुस १२ । क्रिसमस डे को अवसरमा प्रदर्शनमा आएको ‘देव वाणी’ का निर्माता र कलाकारले बिर्तामोडमा पत्रकारसँगै फिल्म हेरेका छन् । फिल्मका निर्माता मिना खड्का र हिराबहादुर लेप्चा तथा कलाकार मौसम खड्काले पत्रकारसँगै बिर्तामोडके […]
हट्यो हिकोलारोडको एकतर्फी, संघ र ट्राफिक प्रहरी निरीह
बिर्तामोड, पुस १२ । अति व्यस्त बन्दै गएपछि सञ्चालनमा आएको काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडको एकतर्फी बाटो बन्द भएको छ । १० दिनयता दुईतर्फबाट नै सवारी सधान सञ्चालन हुन थालेको छ । निकै तामझामका […]
कक्षा ९, १० र ११ मा अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन शुल्क नलाग्ने
बिर्तामोड, पुस १२ । कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भएमा हरेक वर्ष सामुदायिक […]
यो वर्ष एसइइ दिने विद्यार्थीको खुल्यो आवेदन
बिर्तामोड, पुस १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाा (एसइइ ) परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि आवेदन फाराम खुलाएको छ। बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज सूचना प्रकाशित गरी परीक्षामा सहभागी हुन एक महिनाभित्र फाराम […]
अरनिको प्राविका विद्यार्थीलाई सिम्रिक साकोसको ब्याग
बिर्तामोड, पुस १२ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकाको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई ब्याग वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई […]



