Category: 'समाचार'
टिमाई खानेपानीलाई १८ करोड र काँकरभिट्टालाई १४ करोड बजेट
बिर्तामोड, चैत २ । काँकरभिट्टा खानेपानी आयोजना र टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजना विस्तारका लागि ३२ करोड रुपैयाँ बजेट आउने निश्चित भएको छ । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको सचिवालयले आज […]
सिलिगुडीमा रेल दुर्घटना हुँदा भद्रपुरका शर्माको मृत्यु
बिर्तामोड, चैत २ । भारतको सिलिगुडीमा रेल दुर्घटनामा एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीय विष्णु शर्मा रहेको जनाइएको छ । शर्मा भद्रपुरस्थित लक्ष्मी नारायण मन्दिरका […]
झापाका सिडिओको पहलमा ४ करोडको जग्गा निगमको नाममा कायम
बिर्तामोड, चैत २ । पेट्रोलियम भण्डारणका लागि झापाको मेचीनगर १३ चारआलीमा खरिद गरिएको २३ बिघा तीन कठ्ठा जग्गा नेपाल आयल निगमको नाममा कायम भएको छ । झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको पहलमा करिब […]
रुसी सेनामा रहेका झापाका अधिकारीको मृत्यु
बिर्तामोड, चैत १ । रुसी सेनामा कार्यरत एकजना झापालीको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको छ । गैरकानुनी रुपमा भर्ती भएर रुसी सेनामा कार्यरत झापाका गंगाराम अधिकारीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अधिकारीेसँगै रुसी […]
गौरादहमा एक वृद्धाको हत्या, गाडिएको अवस्थामा शव फेला
बिर्तामोड, फागुन ३०। झापाको गौरादहमा एक महिलाको शव हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ । गौरादह–७ की ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या आरोपमा नाति १७ वर्षीय धिरज विश्वकर्मासहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला […]
राष्ट्रिय फुटबल टिममा बिर्तामोडका चारसहित झापाका सात खेलाडी
बिर्तामोड, फागुन ३० । नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले युवा खेलाडी समेट्दा झापाका सातजना खेलाडी टिममा परेका हुन् । टिममा परेका झापाका सातजनामध्ये चारजना […]
आरआर पोलिक्लिनिकमा मानसिक रोगसम्बन्धी निःशुल्क शिविर हुने
बिर्तामोड, फागुन ३० । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । आज भद्रपुररोडस्थित आरआर पोलिक्लिनिकको कार्यालयमा भएको पत्रकार सम्मेलन शिविरका बारेमा जानकारी गराइएको हो । आरआर पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर […]
युनिकमले गर्यो डोमालाल राजवंशी रंगशालाको सरसफाइ
बिर्तामोड, फागुन २९ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) झापा समिति र मेची महाकाली सरसफाइ अभियानले डोमालाल राजवंशी रंगशालाको सरसफाइ गरेका छन् । आज बिहान दुवै संस्थाका सदस्यहरुले संयुक्त रुपमा रंगशालाको सरसफाइ गरेको युनिकम […]
भद्रपुरमा उज्यालो अभियानः २२६ वटा एलइडी लाइट जडान
बिर्तामोड, फागुन २९ । झापाको भद्रपुरलाई उज्यालो नगर बनाउने उद्देश्यले सडकमा सेन्सर एलइडी लाइट जडान कार्यअन्तर्गत २२६ वटा एलइडी लाइट जडान गरिएको छ । भद्रपुरका १० वटै वडामा एलइडी लाइट जडान अभियानअन्तर्गत पहिलो चरणमा वडा […]

