Category: 'समाज'
इष्ट होराइजनका एनसिसी क्याडेटद्वारा बृक्षरोपण तथा सरसफाइ
मेचीनगर, फागुन ११ । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय र मध्य तालिम शिक्षालय अन्तर्गतका एनसिसी छात्रछात्राहरुले झापाको मेचीनगर रचित अम्दा अस्पताल र धुलाबारी स्वाथ्य चौकी परिसरमा सरसफाइ तथा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन् । […]
एनसिडिए झापाद्वारा व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण
बिर्तामोड, माघ २३ । झापाका औषधि व्यवसायीहरुलाई कर सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुरको प्राविधिक सहयोगमा जिल्लामा रहेका औषधि व्यवसायीहरुलाई कर तथा लेखा सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो । नेपाल औषधि […]
लोक नृत्यमा इस्ट होराइजन र इडन गार्डेन प्रथम
धुलाबारी, माघ २२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन–प्याब्सन) झापाको आयोजनामा भएको ११ औँ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक प्रतियोगितामा सिनियरतर्फ बिर्तामोडको इडन गार्डेन स्कुल र जुनियरतर्फ मेचीनगरको इस्ट होराइजन मावि प्रथम भएका छन् । […]
तत्काल पानी नपर्ने, आज हिमाली क्षेत्रमा हिमपात हुने
बिर्तामोड, माघ २१ । आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । […]
भारतीय अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनेपछि चर्कियो आन्दोलन
बिर्तामोड, माघ २० । भारतको हिमाली राज्य सिक्किमका बहुसंख्यक नेपालीभाषीसहित लेप्चा र भुटिया समुदायलाई भारतकै सर्वोच्च अदालतले एउटा फैसलामा ‘विदेशी’ भन्दै फैसला सुनाएपछि एक सातादेखि त्यहाँ आन्दोलन चर्किएको छ । एसोसिएसन अफ ओल्ड सेटलर्स सिक्किम […]
प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने
बिर्तामोड, माघ १९ । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका पाँचजना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष […]
लाल–भागिरथा बानियाँ प्रतिष्ठानले गर्यो तीन प्रतिभालाई सम्मान
बिर्तामोड, माघ १७ । लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले विभिन्न विधाका तीनजना प्रतिभालाई नगदसहित सम्मान गरेको छ । आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा प्रतिष्ठानले चौथो वार्षिक उत्सव एवम् सम्मान कार्यक्रममाउनीहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो । […]
प्रमुख जिल्ला अधिकारीले तोडाए झाको आमरण अनशन
बिर्तामोड, माघ १७ । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरविरुद्ध आमरण अनशनरत बिर्तामोडका युवा माधव झाले आज अनशन तोडेका छन् । बिर्तामोडको मुक्तिचोकमा अनशनरत २२ वर्षीय झालाई आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले […]
आमरण अनशन बसेका झाको अवस्था जटिल, समर्थनमा मौन र्याली
बिर्तामोड, माघ १७ । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरविरुद्ध आमरण अनशनमा बसेका बिर्तामोडका युवा माधव झालाई छैटौँ दिन प्रशासनले भेटेको छ । बिर्तामोडको मुक्तिचोकमा अनशनरत २२ वर्षीय झाको अवस्थाबारे झापाका प्रमुख जिल्ला अधिकारी शिवराम […]




