Category: 'समाज'
मेची आँखा अस्पतालको वार्षिकोत्सवमा संस्थापकसहित चिकित्सक र कर्मचारी सम्मानित
बिर्तामोड, कात्तिक २९ । नेपालकै सुविधासम्पन्न झापा बिर्तामोडको मेची आँखा अस्पताल (संघ) ले आफ्नो वार्षिकोत्सव कार्यक्रममा एकजना संस्थापकसहित चिकित्सक र कर्मचारीलाई सम्मान गरेको छ । सैनिकमोडस्थित अस्पतालको भव्य सभाहलमा आयोजित २९ औँ वार्षिकोत्सवमा उनीहरुलाई सम्मान […]
बुद्धशान्तिका बृद्धले शरीरमा पेट्रोल छर्केर गरे आत्मदाह
बिर्तामोड, कात्तिक २९ । झापा बुद्धशान्तिका एकजना बृद्धले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेको प्रहरीले जनाएको छ । आत्मदाह गर्नेमा बुद्धशान्ति गाउँपालिका ६ सन्तपुर बस्ने ८४ वर्षीय डिल्लीराम अधिकारी रहेका छन् । उनले हिजो राति […]
मेची आँखा अस्पताल ३० औँ वर्षमा, अध्यक्ष गुरुङले बनाए अन्तर्राष्ट्रियस्तरको सेवा
बिर्तामोड, कात्तिक २९ । नेत्र चिकित्सामा नेपालकै सुविधा सम्पन्न र अत्याधुनिक झापा बिर्तामोडको मेची आँखा अस्पताल आजबाट ३० औँ वर्षमा प्रवेश गर्दैछ । आज अस्पताल परिसरमा २९ औँ वर्ष पूरा भएको अवसरमा भव्य कार्यक्रम हुँदैछ […]
बिर्तामोडमा सामाजिक संस्थाहरुबीच फुटसल हुने
बिर्तामोड, कात्तिक २८ । झापाको बिर्तामोडमा सक्रिय सामाजिक संस्थाहरुबीच एकदिने फुटसल प्रतियोगिता हुने भएको छ ।सामाजिक संस्था फुटसल प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको आयोजक एमकेके ग्रुपका अध्यक्ष आकाश उप्रेतीले जानकारी दिए । बिर्तामोड स्पोर्टस् सेन्टरमा […]
मेचीनगरमा ‘डग स्न्यापिङ’ मा १२ जना लागुऔषध प्रयोगकर्ता पक्राउ
बिर्तामोड, कात्तिक २८ । झापाको मेचीनगरमा प्रहरी कुकुरमार्फत लागुऔषध प्रयोगकर्ता पक्राउ गरिएको छ । ‘डग स्न्यापिङ’ मा १२ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–१० खयरडाँगीको छोटा पाकिस्तानतबाट मेचीनगरका […]
जेनजी आन्दोलनमा बिर्तामोडबाट भागेका दुई थुनुवा पक्राउ
बिर्तामोड, कात्तिक २७ । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट फरार भएका दुईजना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड-८ का ३३ वर्षीय सरोज पौडेल र २५ वर्षीय पंकजराज मैनाली रहेका छन् […]
झापामा कुटपिट हुँदा दुईजना घाइते
बिर्तामोड, कात्तिक २७ । झापामा छुट्टाछुट्टै स्थानमा भएका कुटपिटका घटनामा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका-११ बसपार्कमा हिजो राति कुटपिट हुँदा मेचीनगर–१३ का ३२ वर्षीय पुस्कर गुरागाईं […]
पाडाजुँगीमा सुविधासम्पन्न भृकुटी अस्पताल सञ्चालनमा आउँदै
बिर्तामोड, कात्तिक २७ । झापाको कमल गाउँपालिका पाडाजुँगीमा ‘सरकारी दरमै निजीमा सुविधा’ भन्ने उद्घोषका साथ भृकुटी अस्पताल सञ्चालनमा आउने भएको छ । मंसिर अन्तिम साताबाट अस्पतालले सेवा सञ्चालन गर्ने भएको हो । कमल-५ पाडाजुँगी चोकबाट […]
झापामा एकैदिन १२ सडक दुर्घटना, एकजनाको मृत्यु
बिर्तामोड, कात्तिक २६ । झापामा एकैदिन १२ वटा सडक दुर्घटना भएका छन् । सडक दुर्घटनामा एकजना चालकको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा झापा गाउँपालिका वडा नम्बर ७ का […]





