Category: 'खेल'
स्वस्तिकाविरुद्ध होली बेसिलको जित
बिर्तामोड, माघ ९ । झापाको अर्जुनधारामा भएको प्याब्सन नगरस्तरीय फुटबलमा लक्ष्मीपुरको होली बेसिल इङलिस स्कुल विजयी भएको छ । आज सालबारीस्थित खरबन्दी खेलमैदानमा भएको प्रतियोगितामा शनिश्चरेको स्वस्तिका शिशु सदनलाई हराउँदै होली बेसिल विजयी भएको टिम […]
झापा गोल्डकपको छैटौँ संस्करण फागुन १९ देखि, विजेतालाई १३ लाख
बिर्तामोड, माघ ९ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणबारे जानकारी […]
कृष्ण डाँगी स्मृति कप: भानु मावि फाइनलमा
बिर्तामोड, माघ ७ । भानु मावि झापाको अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा जारी स्व कृष्णप्रसाद डाँगी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा लक्ष्मी मावि अर्जुनधारा ६ […]
बिर्तामोड युनाइटेड इलाम गोल्डकपको अन्तिम चारमा
बिर्तामोड, माघ ७ । झापाको बिर्तामोड युनाइटेड एफसी इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ठुलो टुँडिखेलमा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ३–० गोलले पराजित गर्दै […]
बिर्तामोडको बेल्स मोडलमा वार्षिक खेलकुद महोत्सव सुरु
बिर्तामोड, माघ ७ । झापाको बिर्तामोड-७ भुसाबाडीमा रहेको बेल्स मोडल स्कुलमा आजदेखि वार्षिक खेलकुद महोत्सव सुरु भएको छ । कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, झन्डोत्तलन गरेका थिए भने उनीहरुलाई प्रिन्सिपल ताराकुमार प्रसाईंले राष्ट्रिय झन्डा र विद्यालयको झन्डा […]
अरिदमन गणद्वारा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रममा इस्ट होराइजन उत्कृष्ट
मेचीनगर, माघ ७ । नेपाली सेनाको अरिदमन गण चारआलीले झापा जिल्लामा रही नेपाली सेनासँग इमप्यानल्ड सम्झौता गरेका पाँचवटा विद्यालयहरुबीच खेलकुद तथा अन्य गतिविधि सम्पन्न गरेको छ । गणले सञ्चालन गरेको कार्यक्रममा समग्रमा धुलाबारीको इस्ट होराईजन […]
कृष्ण डाँगी स्मृति कप: जनता मावि सेमिफाइनलमा
बिर्तामोड, माघ ५ । अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा जारी माविस्तरीय प्रथम स्वर्गीय कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगितामा जनता मावि खुदुनाबारी सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा अर्जुनधारा-३ कै […]
श्याम दनुवारले पाए फिफा रेफ्रीको ब्याज
बिर्तामोड, माघ ४ । सन् २०२४ का लागि फिफा रेफ्री सूचीमा परेका झापा अर्जुनधाराका श्याम दनुवारले फिफा रेफ्रीको ब्याज प्राप्त गरेका छन् । आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापाका दनुवारलाई एक कार्यक्रमका बीच […]
कृष्णप्रसाद स्मृति कप: शनिश्चरे मावि सेमिफाइनलमा
बिर्तामोड, माघ ३ । शनिश्चरे मावि झापा अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजित माविस्तरीय प्रथम स्व कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा-१ को सिंहदेवी मावि अनुपस्थित भएपछि शनिश्चरे माविले […]


