Category: 'खेल'

झापाका सुरेन्द्र र त्रिसा गणेशमान सिंह राष्ट्रिय बक्सिङको फाइनलमा
बिर्तामोड, चैत २५ । झापाका दुईजना बक्सिङ खेलाडी वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । कोसी प्रदेशको प्रतिनिधित्व गर्दै आएका मुक्केबाजहरु सुरेन्द्र राई र त्रिसा जवेगू फाइनल प्रवेश गरेका हुन् । […]
जिल्लास्तरीय बुद्धिचालको उपाधि राजनलाई
मेचीनगर, चैत २४ । झापा जिल्लास्तरीय खुला तथा आमन्त्रित रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि राजन सुवेदीले जितेका छन् । झापाको काँकरभिट्टामा तीन दिनसम्म भएको प्रतियोगितामा राजनले उपाधि चुमेका हुन् । उपाधिसँगै उनले नगद २५ हजार नगदसहित […]
जिल्ला खेलकुद समिति परिसरमा बृक्षारोपण
बिर्तामोड, चैत २३ । झापा जिल्ला खेलकुद विकास समितिको परिसरमा आज बृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको सन्दर्भ पारेर बृक्षारोपण गरिएको हो । जिल्ला खेलकुद विकास समितिकै आयोजनामा राजमार्गबाट समितिको […]
सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय र एपिएफकी पुष्पालाई
बिर्तामोड, चैत २१ । सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय श्रेष्ठ र एपिएफकी पुष्पा भण्डारीले जितेका छन् । चारपाने झापामा आज मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ […]
सहारा हाफ म्याराथनमा अन्तर्राष्ट्रिय पदकधारी पुष्पा र बिन्द्रा दौडिने
बिर्तामोड, चैत, २० । सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनकी स्वर्णधारी बिन्द्रा […]
सहारा हाफ म्याराथनको तयारी पूरा
बिर्तामोड, चैत २० । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष […]
हाप्किडो संघ झापा अध्यक्षमा फुर्वा
बिर्तामोड, चैत १९ । झापा जिल्ला मार्सल आर्ट हाप्किडो संघको अध्यक्षमा फुर्वा लामा चयन भएका छन् । आज झापाको बिर्तामोडस्थित होटल द किंग्सबेरीमा सम्पन्न संघको प्रथम जिल्ला भेलाले करातेका पूर्वखेलाडी लामाको अध्यक्षतामा झापा जिल्ला संघ […]
बिर्तामोड अन्तरवडा फुटसलः उपाधि वडा नम्बर ४ लाई
बिर्तामोड, चैत १८ । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ । आज शनिबार बिर्तामोड १ को एब्सुलेट फुटसलमा सम्पन्न फाइनल खेलमा वडा नम्बर […]
बिर्तामोड अन्तरवडा फुटसलः क्वार्टर फाइनल समीकरण पूरा
बिर्तामोड, चैत १७ । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । आज बिर्तामोड १ मा रहेको एब्सुलेट फुटसलमा सम्पन्न छवटा खेलबाट वडा नम्बर ४, […]