२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जेसीजद्वारा नवनिर्वाचित पदाधिकारीलाई सम्मान


बिर्तामोड, फागुन २० । वीरता जेसीजले एक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ ।

त्यस्तै, मेची महाकाली साइकलयात्रीको विदाई पनि गरिएको छ । वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथ्यता नेपाल जेसीजका पूर्वकार्यकारिणी उपाध्यक्ष तथा वीरता जेसीजका पूर्वअध्यक्ष विनोद बस्नेतले गरेका थिए ।

जेसीज आस्था वाचन आसिम ज्वयल श्रेष्ठले र कार्यक्रमको धन्यवाद विकास बस्नेतले ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव लोकचन्द्र श्रेष्ठले गरेका थिए ।

हालै सम्पन्न निर्वाचनमा वीरता जेसीज सदस्यहरु सञ्जीव घिमिरे, जीवन खड्का, विशाल थापा, कुशल खतिवडा र पुकार बराल संघमा निर्वाचित भएका थिए । अध्यक्षमा निर्वाचित प्रकाश शिवाकोटी बुधबारे जेसीजका संस्थापक अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer