२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

इक्यान अध्यक्षमा झापाका भट्टराई निर्वाचित


बिर्तामोड, असार ३१ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा झापा भद्रपुर निवासी शेषराज भट्टराई निर्वाचित भएका छन् ।

उनले दुई सय ३८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी विष्णुहरि पाण्डेले एक सय ४६ मत मात्र प्राप्त गरे । अध्यक्षमा ४ जनाबीच प्रतिस्पर्धा भएको थियो । पूर्वउपाध्यक्ष भट्टराई र पूर्वअध्यक्ष पाण्डेले प्यानलसहित उम्मेदवारी दिएका थिए ।

अध्यक्षका अर्का प्रतिस्पर्धी कृष्णहरि केसीले २१ र देवीदास भट्टराईले ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।खपुसमा अधिवेशन गरेको इक्यानको १८ सदस्यीय कार्यसमितिका लागि शनिबार निर्वाचन भएको थियो ।

उपाध्यक्षमा एन्ड्रियु पौडेल (लक्ष्मण) २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटी (गीताञ्जली) १५९ मतसहित विजयी भए । ३ उपाध्यक्षका लागि १० जनाले मनोनयन दिएका थिए ।

महासचिवमा भट्टराई समूहकै दिपकराज भुसाल २ सय ५५ मतसहित विजयी भएका छन् । अधिकांश पदाधिकारीसहित सदस्यमा पनि उनकै समूहका चुनिएका हुन् ।

सचिवमा भवनाथ हुमगाईं २६० र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भए । कोषाध्यक्षमा आशिका कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोखरेल चयन भएको समितिले जनाएको छ । उनीहरुले क्रमशः २०८ र २१६ मत प्राप्त गरे ।

सदस्यमा सर्वाधिक ३०१ मतसहित सुरज सिलवाल विजयी भए । त्यस्तै, साधना पुडासैनी, उमा खड्का पाठक, मञ्जित ढकाल, गोविन्द खनाल, आशीष रायमाझी, शशिप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी सदस्यमा निर्वाचित भएका छन् । ९ सदस्यका लागि १९ जना प्रतिस्पर्धामा थिए ।

इक्यानमा आबद्ध ४ सय ६७ जना मतदाता थिए । १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन परेको थियो । निर्वाचित कार्यसमितिको कार्यकल दुई वर्षे हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer