२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

धमाधम पक्राउ पर्दै झापाका सहकारी सञ्चालकहरु


बिर्तामोड, फागुन २४ । बचत फिर्ता नगर्ने झापाका सहकारी सञ्चालकहरु पक्राउ पर्न थालेका छन् । यस क्रममा बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका हुन् ।

सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा १ करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी हिजो पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु दुवै बुद्धशान्ति गाउँपालिका- २ का हुन् ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापकविरुद्ध उजुरी परेको थियो । सहकारी रजिस्ट्रार कार्यालयको पत्रअनुसार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मिलन केसीले बताए ।

पक्राउ परेका उनीहरुसहित पाँचजनाविरुद्ध उजुरी परेको बताइएको छ । तर, अन्य व्यक्ति फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । शेयर सदस्य तथा बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा २०७९ भदौदेखि सहकारी जयपुर सहकारी बन्द भएको छ ।

२०५९ सालमा स्थापित संस्थामा ४९ लाख ९८ हजार १ सय रुपैयाँ शेयर पुँजी र ३ करोड ८ लाख ६८ हजार १४४ रुपैयाँ निक्षेप बचत रहेको छ ।

झापाका अन्य सहकारीविरुद्ध पनि उजुरी परेको छ । आफूहरुले सहकारीहरुले गरेको ठगीलाई गम्भीरताका साथ लिएर कारबाही सुरु गरेको एसपी केसीले बताए । उनले भद्रपुरको अर्को सहकारीविरुद्ध उजुरी परेको र त्यसका सञ्चालकलाई कारबाही सुरु गर्न लागिएको जानकारी दिए ।

बचतकर्ताहरुको करोडौँ रकम हिनामिना गर्ने पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर, समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा, संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमकमाथि उजुरी परेको झापा जिल्ला सहकारी संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer