Category: 'अर्थ/वाणिज्य'

एनसिडिएको जिल्लामा थपियो पद, झापाको अधिवेशनको तयारी पूरा
दमक, असोज ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको आसन्न निर्वाचनमा उपाध्यक्षसहित पदहरु थप भएको छ । संघको केन्द्रीय अधिवशेनबाट संशोधित विधानअनुसार जिल्ला शाखामा पदहरु थप गरिएको कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बरालले […]
सतासीको शेयर पुँजी ७ करोड ८८ लाख
बिर्तामोड, असोज ८ । झापा बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पुँजी ७ करोड ८८ लाख ६ हजार ४०० रुपैयाँ पुगेको छ । सफल सहकारी पसल सञ्चालन गरेर छुट्टै नाम कमाएको संस्थाको […]
दमकको अम्बिका माछा फ्राइबाट कुहिएको माछा बरामद
दमक, असोज ८ । माछाको ग्रेभीका लागि निक्कै चर्चित झापा दमकको अम्बिका माछा फ्राइ होटलबाट ठुलो परिमाणको अखाद्य माछा बरामद गरिएको छ । दमक नगरपालिकाको बजार अनुगमन टोलीले सोमबार अम्बिका माछा फ्राइबाट करिब ६ क्विन्टल […]
गिरीबन्धुको जग्गाका लागि बिर्तामोडका चारजना व्यवसायीसँग साढे ३७ करोड रुपैयाँ लिएको खुलासा
बिर्तामोड, असोज ७ । कम्पनीको जग्गा बिक्री गर्ने प्रयोजनका लागि दुई वर्षअघि भूमिसुधार ऐन नै संशोधन गराउन सफल झापाको बिर्तामोडका छत्रबहादुर गिरी समूहले वर्षौंअघि देखि जमिन बिक्री गर्दै आएको खुलेको छ । बिर्तामोडका व्यवसायी विष्णुबहादुर […]
स्वस्तिक रोलिङ मिल्सलाई टाटा आइरनबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड
बिर्तामोड, असोज ६ । ‘बजरंग’ ब्रान्डमा टिएमटी छडको उत्पादन गरिरहेको सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ । कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा आइरन […]
उत्साहजनक साथ पाएपछि भाट भटेनी बिर्तामोड स्टोरको छुट यथावत
बिर्तामोड, असोज ६ । आफ्नो २६ औँ स्टोरका रुपमा पूर्वी नेपालको व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेबाट सञ्चालनमा आएको भाट भटेनी सुपर स्टोरलाई झापाली उपभोक्ताको उत्साहजनक साथ मिलेको छ । उद्घाटनकै दिनबाट बिर्तामोडबासीको राम्रो उपस्थिति […]
अध्यक्ष गुरुङले गरे भाट भटेनी बिर्तामोडको उद्घाटन, उपभोक्ताका लागि ९ बजेपछि खुला
बिर्तामोड, असोज ४ । आजबाट सञ्चालनमा आउने नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । आज बिहान ६ः३० बजेको शुभ साइतमा भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले ब्राह्मणबाट […]
स्वरोजगार भवानी साकोसको नाफा तीन करोड ५३ लाख ९८ हजार
बिर्तामोड, असोज ३ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको खुद नाफा तीन करोड ५३ लाख ९८ हजार ७२५ रुपैयाँ रहेको छ । संस्थाको आज सम्पन्न १६औँ वार्षिक साधारणसभामा […]
नगरपालिकाले सहयोग नगरेको मेची चेम्बरको गुनासो
मेचीनगर, असोज ३ । मेचीनगरका व्यापारीहरुको साझा संस्था मेची चेम्बर अफ कमर्सका अध्यक्षलगायत पदाधिकारीहरुले नगरपालिकाले सहयोग नगरेको गुनासो गरेका छन् । संस्थाको आज सम्पन्न चौथो साधारणसभाको कार्यक्रममा उनीहरुले चेम्बर अफ कमर्स देशकै पुरानो संस्था रहेको […]