Category: 'समाचार'
अर्जुनधारामा लोमस स्कुलको बस पल्टिँदा १० जना घाइते
बिर्तामोड, कात्तिक १२ । झापाको अर्जुनधारामा स्कुल बस दुर्घटना हुँदा बालबालिकासहित १० जना घाइते भएका छन् । आज बिहान अन्दाजी १० बजे अर्जुनधारा १ शनिश्चरे–साधुटारस्थित भित्री सडकखण्डमा माटेबाट साधुटारतर्फ आउँदै गरेको बस ब्रेक फेल भई […]
तलबभत्ता मात्र खाने प्रशिक्षकलाई राजीनामा दिन सदस्य सचिव बस्नेतको आग्रह
बिर्तामोड, कात्तिक १२ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् । आज झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा […]
महिला फुटबल टिमको जित र तिहारको अवसरमा मिसन बिर्तामोडद्वारा झिलिमिली बत्ती
बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोडको व्यस्त चोकहरुमा मिसन बिर्तामोडले झिलिमिली बत्ती बालेको छ । सामाजिक कार्यमा अग्रणी रहेको मिसन बिर्तामोड र बिर्तामोड वडा नम्बर ४ को अगुवाईमा आज साँझदेखि छठपर्वसम्म विद्युतीय झिलिमिली बत्ती बालेको […]
बिर्तामोड नगरपालिकामा लेखा प्रमुखको आतंक- मेयर र हाकिमलाई हप्कीदप्की, सहकर्मीलाई दुर्व्यवहार
बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोड नगरपालिकामा लेखा अधिकृतका कारण प्रशासकीय अधिकृत बिर्तामोडमा आउन मान्दैनन्, नगरप्रमुख र अन्य जनप्रतिनिधिसमेत पीडित बनेका छन् । झापामा कर्मचारीको अधिकतम द्वन्द्व हुने भनेर चिनिएको मेचनीनगर नगरपालिकालाई पनि बिर्तामोड नगरपालिकाका […]
चन्द्रगढी वनद्वारा ५० जनालाई च्याउ खेती तालिम
भद्रपुर, कात्तिक १२ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा च्याउ खेती तालिम सम्पन्न गरिएको छ । गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत आज एक दिने च्याउ खेती तालिम सम्पन्न गरिएको हो । उपसमितिका संयोजक […]
न्यु स्टार फुटबलमा जलथल फाइनलमा
बिर्तामोड, कात्तिक १२ । हल्दिबारीको जलथल फुटबल क्लब बिर्तामोडको खोपबाडीमा जारी न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा धाइजन चारआली एफसीलाई २-० गोल अन्तरले हराउँदै जलथल सेमिफाइनल प्रवेश […]
काँकरभिट्टाबाट आउने पर्यटक दोब्बरले बढे
बिर्तामोड, कात्तिक १२ । काँकरभिट्टा हुँदै नेपाल आउने पर्यटक बढेका छन् । सो नाका चार वर्षपछि दुई महिनाअघि मात्र खुला गरिएको थियो । गत दुई महिनामा ८९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन […]
घैलाडुब्बा बजारका दुईवटा पसलमा चोरी
बिर्तामोड, कात्तिक १२ । झापाको कनकाई-९ घैलाडुब्बा बजारका दुईवटा पसलमा चोरी भएको छ । आदर्श विद्या मन्दिर माविनजिक रहेका दुईवटा पसलमा हिजो राति चोरी भएको हो । कृष्ण शर्माको स्टेशनरी र कमल पराजुलीको किराना पसलमा […]
चारआलीमा आयल निगमको जग्गा विवादले पाइपलाइनको काम प्रभावित
बिर्तामोड, कात्तिक १२ । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रिनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन […]



