Category: 'समाचार'
राजवंशीको कप्तानीमा एसियाडमा नेपाललाई ऐतिहासिक कास्य पदक
बिर्तामोड, असोज १७ । मोरङ जहदीकी मेनुकाकुमारी राजवंशीको कप्तानीमा रहेको नेपाली राष्ट्रिय महिला कबड्डी टिमले १९ औँ एसियाली खेलकुदमा कास्य पदक पक्का गरेको छ । चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय कबड्डी […]
रहिनन् ‘बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा’ की गायिका दिलमाया
बिर्तामोड, असोज १७ । यो वर्षको दशैँको सम्मुखमै दशैँ सन्दर्भको वियोगको गीत गाएकी वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । ‘बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा’ बोलको गीतकी गायिका खातीको गएराति निधन भएको हो […]
कनकाईधाम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहादुर थापा विजयी
बिर्तामोड, असोज १६ । झापा कनकाईमा रहेको कनकाईधाम धार्मिक विकास संस्था कोटिहोमको अध्यक्षमा समाजसेवी तथा धार्मिक व्यक्तित्व शेरबहादुर थापा विजयी भएका छन् । आज साँझ ०६ः४५ सम्म जारी मतगणना अनुसार थापाको जित निश्चित भएको हो […]
ज्यामिरगढीबाट चार लाखको शृंगारका सामान बरामद
मेचीनगर, असोज १६ । प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको चार लाख रुपैयाँभन्दा बढीको शृंगारका सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले मेचीनगर नगरपालिका १५, ज्यामिरगढीस्थित बिचार्नीमा उक्त मूल्यबराबरको शृंगारका सामान बरामद […]
एसियन गेम्समा भारतविरुद्ध नेपालः भारतको भन्दा धेरै छक्का प्रहार
बिर्तामोड, असोज १६ । एसियन गेमको क्वार्टरफाइनलमा सानदार ब्याटिङ गर्दा पराजित भए पनि नेपालले भारतको भन्दा बढी छक्का प्रहार गरेको छ । २० ओभरमा भारतले ४ विकेटको क्षतिमा २०२ रन बनाएर नेपाललाई लक्ष्य दिएको थियो […]
कक्षा ११ र १२ को वार्षिक तालिका सार्वजनिक
बिर्तामोड, असोज १६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार शैक्षिक सत्र २०८०–०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीले रजिस्ट्रेसन फाराम पुस १५ […]
डिजिटल पेन्ट्सको ‘डिजिटलको हर्ष, उपहारको वर्षा’ योजना सार्वजनिक
बिर्तामोड, असोज १५ । डिजिटल पेन्टसले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना सार्वजनिक गरेको छ । यस उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार डेलको ल्यापटप एकजनालाई, द्वितीय पुरस्कार ३२ इन्चको एलइडी टिभी २ […]
लागुऔषधको प्रयोग र अश्लील कार्यमा संलग्न २० जना बिर्तामोडबाट पक्राउ
बिर्तामोड, असोज १५ । स्थानीयबासीले झापाको बिर्तामोडबाट लागुपदार्थ प्रयोग, बिक्री वितरण र देह व्यापारमा संलग्न २० जना बालक र किशोरकिशोरीलाई पक्राउ गरी प्रहरीसमक्ष बुझाएका छन् । लागुऔषध प्रयोग गरेर होहल्ला गर्ने र सार्वजनिक स्थलमा अश्लील […]
दमक ग्याङ फाइट प्रकरणः हत्यामा संलग्न ११ जना पक्राउ
दमक, असोज १५ । झापाको दमकमा तीन दिनअघि भएको ग्याङ फाइट प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ । दमक १ स्थित रुवेल माछा फ्राइमा साथीहरुबीच झगडा हुँदा छुरा […]




