Category: 'समाज'
कमलमा नचिनेका मान्छेले जलाए राष्ट्रिय झण्डा
बिर्तामोड, फागुन १४ । झापाको कमल गाउँपालिकामा राष्ट्रिय झण्डामा आगो लगाइएको प्रहरीले जनाएको छ । स्थानीय मुक्तिघाटको बाँसमा रहेको राष्ट्रिय झण्डामा आगो लगाइएको हो । कमल गाउँपालिका-६ खयरबारीमा खयरबारी युवा क्लबले बनाएको मुक्तिघाट निर्माणस्थलमा रहेको […]
दमकबाट लुटिएको म्यागजिन र गोली भेटियो
बिर्तामोड, फागुन १४ । जेनजी आन्दोलनका बेला लुटिएको थप म्यागजिन र गोली भेटिएको छ । हिजो साँझ ५ बजे इलाका प्रहरी कार्यालय दमक परिसरमै फेला परेको हो । त्यहीँ कार्यरत प्रहरी जवान रमानन्दकुमार ठाकुरले इप्रका […]
बिर्तामोडका राजवंशी ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, फागुन १४ । झापा बिर्तामोडका एकजना युवा भारतबाट लागुऔषध ब्राउन सुगर ल्याउँदै गर्दा काँकरभिट्टामा पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–५ जात्रुबाडीका अर्जुन राजवंशी रहेका छन् । […]
स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
बिर्तामोड, फागुन १४ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिकाबमोजिम निरन्तर जारी […]
आजको मौसमः तराईमा सफा, पहाडमा बादल
बिर्तामोड, फागुन १४ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया […]
बिर्तामोड बसपार्क क्षेत्रको रोक्का जग्गा फुकुवा गर्ने सहमति, आन्दोलन फिर्ता
बिर्तामोड, फागुन १३ । झापा बिर्तामोडको गिरीबन्धु टि स्टेटसँगै विवादमा आएको बसपार्क क्षेत्रको जग्गा फुकुवा गर्न पहल गर्ने सहमति भएपछि जारी आन्दोलन फिर्ता भएको जनाइएको छ । बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेको ५१ बिघा […]
भारतीयको ठगी गर्ने योजना विफल, एक नेपालीसहित सातजना पक्राउ
बिर्तामोड, फागुन १३ । संगठित रुपमा ठगी तथा आपराधिक लाभ लगायत उद्देश्य राखेर नक्कली नोट र सरकारी छाप तथा दस्तखत कागजात कीर्ते गरेको अभियोगमा छजना भारतीय नागरिकसहित सातजनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]
उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मीः उमेश डालमिया जिल्ला नगर उपाध्यक्षमा सशक्त उम्मेदवार
बिर्तामोड, फागुन १३ । निजी क्षेत्रको व्यावसायिक छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) को चुनावी सरगर्मी बढेको छ । आगामी चैत २८ र २९ गते हुने महासंघको ६० औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन […]
मतदाता शिक्षा कार्यक्रम औचित्यहीन, बढ्दै बदर मत
बिर्तामोड, फागुन १३ । निर्वाचन आयोगले बदर मत घटाउने उद्देश्यसहित प्रत्येक निर्वाचनमा मतदाता शिक्षा कार्यक्रममा जोड दिँदै आए पनि बदर मत संख्या बढिरहेको छ । २०४६/४७ को राजनीतिक परिवर्तनयताको ३५ वर्षमा सातवटा आमनिर्वाचन भएको छ । आठौँ […]





