२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दोकानडाँडाका दाजुभाइको घरको शिलन्यास, फूलपातीमा नयाँ घरमा भित्र्याइने


मेचीनगर, भदौ १६ । मेचीनगर ३ दोकानडाँडाका बस्नेत दाजुभाइको घर निर्माणका लागि शनिबार शिलन्यास भएको छ । विपन्न अवस्थाका तथा फरक क्षमताका छत्रबहादुर बस्नेत (ठुले) र प्रदिप बस्नेतको घर निर्माणका लागि शिलन्यास गरिएको हो ।

स्थानीय ज्येष्ठ नागरिक ९६ वर्षका पञ्चवीर राई र ९२ वर्षीय धनकुमारी रायाले संयुक्त रुपमा घरको शिलन्यास गरेका हुन् । ज्येष्ठ नागरिकको सम्मान युवाको योगदान भन्ने नाराका साथ निर्माण कार्य सुरु गरिएको छ ।

नव ज्योति युवा क्लब, बाहुडाँगी जेसीज र दोकानडाँडा युवा परिवारको सहकार्यमा निर्माण हुन लागेको घरको अनुमानित लागत ५ लाख रुपैयाँ रहेको निर्माण समितिका कोषाध्यक्ष प्रमिस थापाले जानकारी दिए ।

देशविदेशमा रहेका विभिन्न युवाहरुको सहयोग तथा स्थानीय दाताहरुको सहयोगमा निर्माण कार्य सुरु गरिएको कोषाध्यक्ष थापाले बताए । हालसम्म घर निर्माणका लागि करिब २ लाख ५ हजार रकम र करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री संकलन भएको छ ।

बुबाआमाको पहिले नै निधन भएको र हाल भएको पुरानो जीर्ण फुसको घरमा दुई दाजुभाइ मात्र बस्दै आएका थिए । दुवै दाजुभाइ शारीरिक र मानसिक रुपमा असक्त छन् ।

डेढ महिनाभित्रमा घर निर्माण सम्पन्न गर्ने र दसैँको फूलपातीका दिन दाजुभाइलाई नयाँ घरमा भित्र्याइने समितिका सचिव देवु बानियाँले जानकारी दिए । घर निर्माणको प्राविधिक सहयोग मेची अभियानले गर्ने भएको छ ।

समितिका अध्यक्ष सुमन थापाले ७० प्रतिशत रकम र सामग्री संकलन भएको र अपुग रकम बिस्तारै संकलन गर्दै जाने बताए । शिलन्यास कार्यक्रममा गाउँका अग्रज जीतबहादुर लावती, हस्तबहादुर खत्री, कमल थापा, नन्दकुमार भारती, ऐनकुमार भट्टराई, धनबहादुर निरौलालगायतकोे उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer