२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

गौरादहको स्थानीय पाठ्यक्रममा जनप्रतिनिधिको आफ्नै फोटो


बिर्तामोड, भदौ १७ । झापाको गौरादह नगरपालिकाले प्रकाशन गरेको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा बहालवाला र पूर्वजनप्रतिनिधिको फोटोदेखि अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई प्रेरणादायी पात्रको रूपमा राखिएको पाइएको छ ।

पुस्तकमा नेता, बोर्डिङ सञ्चालक, जग्गा व्यवसायीहरूको चर्चा छ, जुनकुरा पढ्न विद्यार्थी बाध्य छन् । कक्षा १ को स्थानीय पाठ्यक्रममा समावेश नगेन्द्र भण्डारी, हेमन्त कार्की, मणिन्द्र कार्की, भूमिराज पोखरेल, गजेन्द्र घिमिरे, सीताराम भट्टराई, खड्ग पराजुली गौरादहका पूर्ववडाध्यक्षहरू हुन् । पुस्तकमा उनीहरूको फोटो राखिएको छ ।

त्यस्तै, कक्षा २ मा राखिएका दिलिप भण्डारी, गोपालप्रसाद कोइराला, गणेशकुमार राजवंशी, उपेन्द्र निरौला, दुर्गामणि बस्नेत र जगन्नाथ खनाल हालका गौरादह नगरपालिकाका बहालवाला वडाध्यक्ष हुन् ।

कक्षा ३ मा राखिएको रोहितकुमार साह नगरपालिकाका पूर्वप्रमुख तथा गीता भेटवाल पूर्व उपप्रमुख हुन् । कक्षा ४ को पाठ्यक्रममा राखिएको छत्रपति सुवेदी हालका नगरप्रमुख हुन् भने जलवर्षा राजवंशी बहालवाला उपप्रमुख हुन् । त्यस्तै डा. युवराज खतिवडा पूर्वअर्थमन्त्री हुन् । नारायणप्रसाद घिमिरे निजी विद्यालय सञ्चालक हुन् ।

कक्षा ६ मा राखिएको हिक्मतुकुमार कार्की कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फेको फोटो राखेर कुनै एकजनाको योगदानको विषयमा खोज र छलफल गरी कक्षामा प्रस्तुत गर्न भनिएको छ ।

सोही कक्षामा संविधानसभा सदस्य दिपक कार्कीको जीवनी राखिएको छ । उनको जीवनीमा ‘जनताको मनमा अनुकरणीय आदर्श बनेर बसेको’ उल्लेख छ ।

पाठ्यक्रम निर्माता समितिका सदस्य गोपाल काफ्लेले भने वडाध्यक्षहरूलाई सबै विद्यार्थीले चिन्नुपर्ने बताउँछन् । त्यस्तै, संविधानसभा सदस्यको योगदान पनि कम नभएकोले पुस्तकमा राखिएको उनको तर्क छ ।
-रातोपाटीबाट सम्पादित साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer