Category: 'समाचार'
चौधरीद्वारा नाडाको अध्यक्षका लागि झापाबाट उम्मेदवारी घोषणा
बिर्तामोड, कात्तिक ७ । चौधरी ग्रुपका सदस्य करण चौधरीले अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्ष पदको उम्मेदारी झापाबाट घोषणा गरेका छन् । यही मंसिर २२ र २३ गते हुने ४५ औँ अधिवेशनका लागि […]
कनकाईको जितमा कुसुमको ८ गोल
बिर्तामोड, कात्तिक ६ । महालक्ष्मी नगरपालिकालाई १९–० गोल अन्तरले हराउँदै झापाको कनकाई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार कनकाईले महालक्ष्मीको पोस्टमा १९ गोल प्रहार […]
झापा जिल्ला खेलकुद अध्यक्षमा चन्द्र, उपाध्यक्षमा तुलसा
बिर्तामोड, कात्तिक ५ । प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डले झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा चन्द्र प्रसाईंलाई नियुक्त गरेको छ । बोर्डले झापासहित प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गरेको हो । […]
कनकाईद्वारा गोदावरीको पोस्टमा एक दर्जन गोल
बिर्तामोड, कात्तिक ५ । कनकाई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा गोदावरी नगरपालिकालाई १२–० गोल अन्तरले हराउँदै कनकाईले सुखद सुरुआत गरेको हो […]
क्यान्सर पीडित बालिकालाई बचाइदिन अपिल
बिर्तामोड, कात्तिक ५ । बोर्न (हड्डी) क्यान्सर पीडित भद्रपुर नगरपालिका–६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारजनले अपिल गरेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख बढी खर्च भइसकेको […]
छोरीको जन्मोत्सवमा महेन्द्र–ज्योति गिरीद्वारा कोषलाई एक लाख सहयोग
बिर्तामोड, कात्तिक ३ । सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । गिरी परिवारले मंगलबार […]
भूतपूर्व सैनिक गोल्डकपको उपाधि आयोजकलाई
बिर्तामोड, असोज २८ । दुधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले भूतपूर्व सैनिक गोल्डकपको उपाधि जितेको छ । प्रतियोगितको फाइनल खेलमा दुधेको माङमारी टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक […]
२८ वर्षपछि भारतविरुद्ध फाइनल खेल्दै नेपाल
बिर्तामोड, असोज २८ । नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३० गते […]
नेपाल पहिलोपटक साफको फाइनलमा
बिर्तामोड, असोज २७ । माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएपछि नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा भएको रोमाञ्चक खेलमा एक गोलको […]

