Category: 'समाचार'
बिर्तामोडमा बिहीबारबाट एक साता लकडाउन
बिर्तामोड, साउन १० । कोभिड संक्रमणको कारण देखाउँदै बिर्तामोड नगरपालिकामा एक साता लकडाउन गर्ने निर्णय भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, कार्यपालिका सदस्य, स्थानीय प्रशासन र स्वास्थ्यकर्मी बीच आज नगरपालिकामा छलफल भएको थियो […]
लायन्सको एडभाइजरी कमिटी मिटिङ सम्पन्न
बिर्तामोड, साउन १० । लायन्स क्लब इन्टरनेसनल ३२५ ए१ अन्तर्गत इम्प्याक्ट एरिया १ र रिजन १ मातहत डिजीको पहिलो एडभाइजरी कमिटी मिटिङ बिर्तामोडमा सम्पन्न भएको छ । शनिबार आँगन पार्टी प्यालेसमा भएको कार्यक्रममा जोन चियर […]
पद ग्रहणसँगै सामाजिक सेवामा सक्रिय लायन्स बिर्तामोड लेडी
बिर्तामोड, साउन १० । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लबको पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा दुवै क्लबको संयुक्त पद हस्तान्तरण र […]
१० लाख डोज खोप किन्न सहारा नेपाल तयार
बिर्तामोड, साउन ९ । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न तयार रहेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले शनिबार बिहान फेसबुकमा स्टाटस लेखेका छन्, ‘यदि […]
सुजिता मृत्यु प्रकरणः दाजु नाता पर्ने झापाका सचिन पक्राउ
बिर्तामोड, साउन ८ । राप्ती–३ की सुजिता भण्डारीको हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका–६ शरणामतीका एक जना युवालाई पक्राउ गरेको छ । शरणामतीका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई आज चितवन प्रहरीले सार्वजनिक गरेको छ । […]
प्रहरीद्वारा प्रदेश १ मा करिब ४१ करोड राजश्व संकलन
बिर्तामोड, साउन ८ । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा गत आर्थिक वर्षमा […]
सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता
मोरङ, साउन ८ । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो […]
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
बिर्तामोड, साउन ६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो । परीक्षा साउन ३१ गतेदेखि भदौ […]
बिएन्डसी अस्पतालमा विश्वस्तरीय ल्याब सञ्चालनमा
बिर्तामोड, साउन ४ । बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालले विश्वस्तरीय ल्याब सञ्चालनमा ल्याएको छ । सोमबार अस्पतालमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अत्याधुनिक ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए […]



