Category: 'समाज'
रोङमा १८५७ जनालाई धनीपुर्जा दिइँदै
बिर्तामोड, बैशाख २४ । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार […]
आज दिउँसो आंशिक बादल लाग्ने
बिर्तामोड, बैशाख २४ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, गण्डकी, […]
अध्यादेशपछि झापाका आठजना पदमुक्त
बिर्तामोड, बैशाख २३ । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेशबाट झापाका आठजना पदमुक्त भएका छन् । भूमि समस्या समाधान आयोग, चिया तथा कफी विकास बोर्ड, सडक बोर्ड, राष्ट्रिय योजना […]
शिक्षा सहकारीद्वारा सदस्यको मृत्युपछि कर्जा मिनाहा
बिर्तामोड, बैशाख २३ । झापाको बिर्तामोड–४ मा मुल कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यको ऋण मिनाहा गरेको छ । संस्थाका शेयर सदस्यको मृत्युपछि ऋण मिनाहा गरिएको हो । संस्थाका सदस्य बिर्तामोड–३ का वीरेन्द्र […]
शिवसताक्षीमा इकोहोम कलेजको बस दुर्घटना, चारजना घाइते
बिर्तामोड, बैशाख २३ । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढधाम नजिकै कलेजको बस दुर्घटना भएको छ । दुर्घटना आज बिहान भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान ०६ः१५ बजे शिवसताक्षी–९ चिल्लागढधाम नजिक भित्री […]
समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठदेखि बचत फिर्ता गरिने
बिर्तामोड, बैशाख २२ । समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता जेठको पहिलो साताबाट सुरु हुने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रम गरी आफ्ना कार्ययोजना सार्वजनिक गरेको हो । जसअनुसार जेठको पहिलो साताबाट […]
खरबुजा खाँदा बिर्तामोडमा दुईजना बिरामी
बिर्तामोड, बैशाख २२ । झापाको बिर्तामोडमा खरबुजा खाएर दुईजना बालबालिका बिरामी भएको प्रहरीले जनाएको छ । उनीहरुले विषाक्त खरबुजा खाएको आशंका गरिएको छ । बिर्तामोड-३ का इन्द्र बुढाथोकीले आफ्ना छोराछोरी खरबुजा खाएपछि बिरामी भएका जानकारी […]
डेढ महिनाअघि पक्राउ परेकी बिर्तामोडकी खातुन चोरीमा संलग्न आलमकी श्रीमती, दुईजना पक्राउ
बिर्तामोड, बैशाख २१ । झापाको अर्जुनधारामा चोरी गरेको आरोपमा भद्रपुरमा हिजो पक्राउ परेका बिर्तामोडका आसिक आलम डेढ महिनाअघि समातिएकी बिर्तामोड-४ नयाँबारीकी २८ वर्षीया मसिना खातुनको पति रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि नै आलमलाई […]
व्यापार नहुँदा झापाका पाँचवटा छोटी भन्सार बन्द
बिर्तामोड, बैशाख २१ । झापाको मेची भन्सार कार्यालय मातहतका ६ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरू पाँचवटा छोटी भन्सार […]





