Category: 'खेल'
झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा दिपेश ढकाल
मेचीनगर, फागुन १३ । झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा झापाका अग्रज उद्योगी तथा खेलप्रेमी दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । […]
कोशी प्रदेशको महिला हक्की टिमको बिर्तामोडमा विदाइ
बिर्तामोड, फागुन १३ । मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई विदाइ गरेको […]
शानदार जितसँगै अन्तरपालिका क्रिकेटको उपाधि बिर्तामोडलाई
बिर्तामोड, फागुन १२ । प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि२० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ । बुधबारेमा आज सम्पन्न फाइनल खेलमा कचनकवल गाउँपालिकामाथि शानदार जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो । फाइनलमा बिर्तामोडले […]
धुलाबारीको हिमालयन इङलिस हाइ स्कुलमा दौड सम्पन्न
मेचीनगर, फागुन १२ । मेचीनगर-९ को हिमालयन इङलिस हाइ स्कुलले विभिन्न तीन विधामा दौड कार्यक्रम सम्पन्न गरेको छ । धुलाबारी मोडदेखि सुरु भई विद्यालयमा टुंगिएको दौडअन्तर्गत जुनियर छात्रतर्फ सरगम तामाङ प्रथम भए । त्यस्तै, आर्यन […]
यती ब्रुअरी र झापा गोल्ड कपबीच मुख्य प्रायोजनको सम्झौता
बिर्तामोड, फागुन ११ । झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रुअरीको उत्पादन अर्नाले गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा […]
कचनकवल बर्खा स्मृति प्रतिष्ठान अन्तरपालिका क्रिकेटको फाइनलमा
बिर्तामोड, फागुन ९ । कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकालाई ५ विकेटले हराउँदै […]
अर्ना छैटौँ झापा गोल्ड कपको टिम र ट्रफी सार्वजनिक
बिर्तामोड, फागुन ९ । आसन्न अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको […]
झापालाई फुटबल हब बनाउन झापाका राजनीतिक दलहरु एकबद्ध
बिर्तामोड, फागुन ८ । झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन […]
अन्तरपालिका क्रिकेटः बिर्तामोड र कचनकवल अन्तिम चारमा
बिर्तामोड, फागुन ७ । प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेलमा बिर्तामोडले भद्रपुर […]





