Category: 'शिक्षा'
कृष्ण डाँगी स्मृति कप: भानु मावि फाइनलमा
बिर्तामोड, माघ ७ । भानु मावि झापाको अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा जारी स्व कृष्णप्रसाद डाँगी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा लक्ष्मी मावि अर्जुनधारा ६ […]
बिर्तामोडको बेल्स मोडलमा वार्षिक खेलकुद महोत्सव सुरु
बिर्तामोड, माघ ७ । झापाको बिर्तामोड-७ भुसाबाडीमा रहेको बेल्स मोडल स्कुलमा आजदेखि वार्षिक खेलकुद महोत्सव सुरु भएको छ । कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, झन्डोत्तलन गरेका थिए भने उनीहरुलाई प्रिन्सिपल ताराकुमार प्रसाईंले राष्ट्रिय झन्डा र विद्यालयको झन्डा […]
कृष्ण डाँगी स्मृति कप: जनता मावि सेमिफाइनलमा
बिर्तामोड, माघ ५ । अर्जुनधाराको महारानीगञ्ज माविको ६६औँ वार्षिकोत्सवको अवसरमा जारी माविस्तरीय प्रथम स्वर्गीय कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगितामा जनता मावि खुदुनाबारी सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा अर्जुनधारा-३ कै […]
अर्जुनधाराको होली बेसिलका एनसिसी क्याडेटलाई प्रमाणपत्र
बिर्तामोड, माघ ५ । झापाको अर्जुनधारा-५ लक्ष्मीपुरमा रहेको होली बेसिल इङलिस स्कुलले राष्ट्रिय सेवा दल (एनसिसी) तालिमका सहभागी क्याडेटहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । तालिममा सहभागी ३६ जना विद्यार्थीलाई आज विद्यालयमा एक कार्यक्रमका बीच प्रमाणपत्र […]
शिवसताक्षीमा स्कुल बस खरिदका लागि शेर्माले दिए ५१ हजार
दमक, माघ ४ । झापाको शिवसताक्षी ७ फात्तेपमा रहेको बालसेवा आधारभूत विद्यालयको बस खरिदका लागि पूर्वविद्यार्थी बुद्धराज शेर्माले ५१ हजार १५१ रुपैयाँ सहयोग गरेका छन् । विद्यार्थीका लागि बस सञ्चालन गर्न विद्यालयले सहयोग अभियान सुरु […]
एनसिसीमार्फत युथ एक्सेन्ज कार्यक्रममा भारत गइन् दमककी थापा
दमक, माघ ४ । झापाको दमकमा रहेको झापा मोडल अंग्रेजी माविकी छात्रा कृतज्ञता थापा राष्ट्रिय सेवादल (एनसिसी) मार्फत युथ एक्सेन्ज कार्यक्रममा छनोट भएकी छन् । देशभरका १५ हजार एनसिसी सदस्यमध्ये छनोट भएर कक्षा ११ की […]
इस्ट होराइजनमा मन्टेस्वरी शिक्षासम्बन्धी एकदिने प्रशिक्षण
मेचीनगर, माघ २ । झापाको मेचीनगरस्थित धुलाबारीमा रहेको इस्ट होराइन माविमा मन्टेस्वरी शिक्षा प्रणालीसम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न भएको छ । एनप्याब्सन झापाको आयोजना तथा इस्ट होराइजन माविको आतिथ्यमा मन्टेस्वरी शिक्षासम्बन्धी एकदिने प्रशिक्षण भएको हो । […]
बिर्तामोडमा सिलिन्डर बिस्फोटः बेल्स मोडलका सबै विद्यार्थी सकुशल
बिर्तामोड, माघ २ । झापाको बिर्तामोडमा रहेको बेल्स मोडल स्कुलको वार्षिक खेलकुद कार्यक्रममा बेलुन फुलाउने सिलिन्डर बिस्फोट भएको घटनामा सबै विद्यार्थीहरु सकुशल रहेको विद्यालयले जनाएको छ । आफ्ना विद्यार्थीहरु सुरक्षित आफ्नो कक्षाकोठामा बसेकाले कुनै अप्रिय […]
कृष्णप्रसाद स्मृति फुटबलमा लक्ष्मी माविको शानदार जित
बिर्तामोड, माघ २ । अर्जुनधारा नगर माविस्तरीय प्रथम स्वर्गीय कृष्णप्रसाद स्मृति फुटबल प्रतियोगितामा अर्जुनधारा-८ को लक्ष्मी माविले विजयी सुरुवात गरेको छ । झापाको अर्जुनधारा-११ मा रहेको महारानीगञ्ज माविको ६६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित माविस्तरीय प्रतियोगिताको […]




