Category: 'समाचार'
बिर्तामोड चिल्ड्रेन अस्पतालले निःशुल्क स्वास्थ्य शिविर गर्दै
बिर्तामोड, बैशाख ४ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले बैशाख ७ गतेदेखि २१ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । समुदायमा बसोबास गर्ने आमाबाबुलाई बाल स्वास्थ्यको महत्व बुझाउँदै उनीहरूको सहज पहुँचमा गुणस्तरीय […]
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने
बिर्तामोड, बैशाख ४ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उद्घाटन कार्यक्रममा गायिक रचना रिमालले प्रस्तुति दिने भएकी छन् । उनले खेलमैदानमै सांगीतिक प्रस्तुति दिने बताइएको छ । चन्द्रगढी घर भएकी अहिलेकी लोकप्रिय गायिका […]
झापा हुँदै गैँडाको खाग लैजाने सुनसरीमा पक्राउ
बिर्तामोड, बैशाख ४ । झापाबाट गैँडाको खाग लिएर जाँदै गरेका चारजना सुनसरीमा पक्राउ परेका छन् । सुनसरीको बर्जुमा गैँडाको खागजस्तो देखिने वस्तुसहित चारजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । हिजो साँझ करिब साढे ७ […]
पूर्वी तराईमा बादल लाग्ने, पहाडी भेगमा वर्षाको सम्भावना
बिर्तामोड, बैशाख ४ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकको मौसममा मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा बादलको लुकामारी चलिरहेको छ भने तराईका […]
शिवसताक्षीमा नवजात शिशुको हत्या आशंकामा बालिका पक्राउ
बिर्तामोड, बैशाख ४ । झापाको शिवसताक्षीमा नवजात शिशुको हत्या आरोपमा एकजना बालिकालाई नियन्त्रणमा लिइएको छ । नवजात शिशुको शव पुलमुनि फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा स्थानीय एकजना १६ वर्षीया […]
इन्डो-नेपाल यु-१३ क्रिकेटः पटना र फूलबारी विजयी
बिर्तामोड, बैशाख ३ । झापाको अर्जुनधारामा जारी यु–१३ इन्डो–नेपाल टि–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बि’ को चौथो खेलमा भारत पटनाको हाइ पर्फमेन्स (एचपी) क्रिकेट एकेडेमीले विराटनगरको लायन्स क्रिकेट क्लबमाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ […]
झापा ११ विराट गोल्डकपको फाइनलमा
बिर्तामोड, बैशाख ३ । विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औँ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई […]
भद्रपुरको ग्यालेक्सी स्कुलका दुई विद्यार्थी हक्कीको राष्ट्रिय टिममा
बिर्तामोड, बैशाख ३ । झापा भद्रपुरको एक विद्यालयका दुईजना खेलाडी नेपाली राष्ट्रिय हक्की टिममा छनोट भएका छन् । भद्रपुर-९ मा रहेको ग्यालेक्सी इङलिस स्कुलका विद्यार्थी हक्की टिममा परेका हुन् । विद्यालयका सहायक प्रिन्सिपलल विवेक चम्लागाईंका […]
डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो
बिर्तामोड, बैशाख ३ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागुहुने गरी नयाँ मूल्य […]



