Category: 'खेल'
पाँच करोड लगानीमा बन्दै अर्जुनधारा रंगशाला
बिर्तामोड, जेठ ७ । झापाको अर्जुनधारामा नगरमै सुविधासम्पन्न पहिलो रंगशाला निर्माण हुने भएको छ । आज एक कार्यक्रमका बीच अर्जुनधारा रंगशालाको शिलान्यास गरिएको छ । वडा नम्बर ७ मा चार बिघा क्षेत्रफलमा फुटबलका लागि खेल […]
चन्द्रगढी भेट्रान क्लबको अध्यक्षमा कार्की
बिर्तामोड, जेठ २ । चन्द्रगढी भेट्रान क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ । आज झापाको भद्रपुरमा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको अध्यक्षमा भूपालमान कार्की चयन भएका छन् । यसअघि क्लबको अध्यक्ष […]
बिर्तामोडमा उपमेयर कप वडास्तरीय भलिबल हुने
बिर्तामोड, जेठ १ । झापाको बिर्तामोडमा ‘प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ । प्रतियोगिता जेठ ३ र ४ गते हुनेछ । पत्रकार सम्मेलन गरेर बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास […]
दुधे भेट्रान जेठ ५ गतेदेखि हुने
बिर्तामोड, बैशाख २९ । झापाको शिवसताक्षीमा चौथो संस्करणको स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता–२०८३ जेठ पहिलो सातादेखि हुने भएको छ । आयोजक दुधे भेट्रान क्लबका अनुसार प्रतियोगिता यही जेठ ५ गतेदेखि जेठ १६ गतेसम्म […]
बिर्तामोड मेयर कप टि–१० क्रिकेटको उपाधि आरसिबीलाई
बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोडमा सम्पन्न बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोको आरसिबीले जितेको छ । आज महेन्द्ररत्न माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उपाधिसँगै आरसिबीले नगद ५० रुपैयाँ, मेडल र ट्रफी […]
टि–१० क्रिकेटः ह्वाइट वास, आयोजक पूर्वेली, मन्त्र थकाली र आरसिबी विजयी
बिर्तामोड, बैशाख २६ । झापाको बिर्तामोडमा जारी बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाँचवटा खेल भएका छन् । जसअन्तर्गत ह्वाइट वास, आयोजक पूर्वेली युवा क्लब, मन्त्र थकाली, आरसिबी विजयी विजयी भएका छन् । आज […]
बिर्तामोड मेयर कप टि–१० क्रिकेटः झापा र इलाइट विजयी
बिर्तामोड, बैशाख २५ । झापाको बिर्तामोडमा जारी बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापा गाउँपालिका र इलाइट ११ विजयी भएका छन् । महेन्द्ररत्न माध्यमिक विद्यालयको खेल मैदानमा जारी दोस्रो दिनको पहिलो खेलमा […]
‘बिर्तामोड मेयर कप टि–१० क्रिकेट’ मा आज तीन खेल हुँदै
बिर्तामोड, बैशाख २५ । झापाको बिर्तामोडमा जारी बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । पहिलो खेलमा एलाइट ११ र घाग्रा क्रिकेट टिम खेल्दैछन् । पूर्वेली गणतान्त्रिक युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा […]
आजदेखि ‘बिर्तामोड मेयर कप टि–१० क्रिकेट’ प्रतियोगिता
बिर्तामोड, बैशाख २४ । झापाको बिर्तामोडमा आजदेखि बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । पूर्वेली गणतान्त्रिक युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । महेन्द्ररत्न माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा […]


