Category: 'अर्थ/वाणिज्य'
सिम्रिक साकोसद्वारा विपन्न ज्येष्ठ नागरिकलाई ब्लाङ्केट
बिर्तामोड, पुस २९ । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाह्रदशी गाउँपालिका-१ स्थित भागुडुब्बाका विपन्न समुदायका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरेको छ । मानवीय उद्धार सेवा केन्द्र नेपालको […]
कनकाई र जनता एग्रोबीच कृषिका माध्यमबाट बजार प्रवर्धनका लागि सम्झौता
बिर्तामोड, पुस २७ । झापाको कनकाई नगरपालिका र जनता एग्रोबीच प्रांगारिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्धनका लागि सम्झौता भएको छ । कृषिमा आधारित बहुसंख्यक नगरबासी रहेकाले उनीहरुलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्ने […]
बिर्तामोडमा ‘टाटा मोटर्स फन कार्निभल ३.०’ हुने
बिर्तामोड, पुस २६ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा मोटर्स फन कार्निभल ३.०’ कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक […]
अलैँचीको भाउ आठ वर्षपछि प्रतिमन ८० हजार
बिर्तामोड, पुस २६ । ‘कालो सुन’को उपनामले चिनिने अलैँचीको भाउले आठ वर्षपछि लय समाउन थालेको छ । आठ वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा बिक्री भएको अलैँचीको मूल्य ओरालो लाग्दै प्रतिमन २० हजारसम्म झरेको थियो । […]
झापा जिल्ला सहकारीको शेयर पुँजी करिब चार करोड
बिर्तामोड, पुस २५ । झापाका सहकारी संस्थाहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ लिमिटेडको शेयर पुँजी ३ करोड ८९ लाख २३ हजार १०० रुपैयाँ पुगेको छ । संस्थाको बिर्तामोडमा सम्पन्न २७ औँ वार्षिक साधारणसभा अध्यक्ष […]
सातौँ राष्ट्रिय भाक्का दिवसको तयारी पूरा
बिर्तामोड, पुस २५ । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणको तयारी पूरा भएको छ । आयोजक राजवंशी समाज विकास समितिले आयोजनास्थलमा पत्रकार सम्मेलन गरेर सातौँ राष्ट्रिय […]
खेलकुद जुत्ताको गुणस्तर मापदण्ड पारित
बिर्तामोड, पुस २५ । नेपाल गुणस्तर परिषद्ले खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित गरेको छ । परिषद्का अध्यक्ष एवम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा बसेको १११औँ बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले […]
सतासी डिर्पाटमेन्ट स्टोरमा म्याद गुज्रिएको चाउचाउ, नगरपालिकाद्वारा कारबाही
बिर्तामोड, पुस २४ । झापाको गरामनीमा रहेको सतासी डिर्पाटमेन्ट स्टोरले म्याद गुज्रिएको खाद्य पदार्थ बिक्री गरेको पाइएपछि बिर्तामोड नगरपालिकाले कारबाही गरेको छ । स्टोरबाट ग्राहकले खरिद गरेको रमपम चाउचाउ गत साउनमा नै समय सकिएको पाइएको […]
बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी
बिर्तामोड, पुस २४ । बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ । उजुरी पर्नेमा पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था […]



